चिसाङ शेर्पा मंसिर/२९ खोटाङ,
आगामी पुस दोस्रो हप्तादेखि खोटाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको सहयोगमा बीमा कार्यक्रम लागू हुने भएको हो । कैलाली, बाग्लुङ र ईलामबाट थालनी भएको स्वास्थ्य बीमा २२ जिल्लामा सञ्चालन भईरहंदा जिल्लामा पनि लागू हुने भएको हो ।
जिल्लामा स्वास्थ्य बीमाका लागि तयारी भइसकेको र यसलाई व्यवस्थित गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर रामबहादुर केसीले बताए । स्वास्थ्य बीमा सम्बन्धी शुक्रबार दिक्तेलमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विभागका निर्देशक डाक्टर गुणराज लोहनीले जिल्लास्थित सर्वसाधारण, सामाजिक संघसंस्था, प्रशासन, सुरक्षा लगायतका निकायहरु सहभागी कार्यक्रममा बीमाका दीर्घकालीन फाइदाको बारेमा जानकारी दिए ।
जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५०० तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बीमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ ।
२०७१ सालबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म २२ जिल्लामा लागू भइसकेको निर्देशक लोहनीले जानकारी दिए । “सबै नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्नु यो कार्यक्रम लागू गरिएको हो ।” उनले भने, “बीमा गरेपछि खर्च अभावमा अस्पतालसम्म जानबाट वञ्चित हुनुपर्दैन ।”
यसैअवसरमा लामो समयसम्म खोटाङस्थित जिल्ला अस्पतालमा काम गरेर योगदान पु¥याएको भन्दै डाक्टर लोहनीलाई सम्मान गरिएको छ । २०५८ देखि २०६१ सालसम्म जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख भएर काम गरेका डाक्टर लोहनीलाई सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology