समायोजन खवर मंसिर/२८ खोटाङ,
खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो । एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य बिशाल भट्टराई र प्रदेशसभाका सदस्य रामकुमार राईले बिहिबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।
जिल्लाका रबिन सुनुवार, राजेन्द्र राई, सम्बर भुजेल, अनिल जोशी, खगेन्द्र राई र मनोज राईको संयुक्त लगानीमा दुई÷तीन वर्षको अभ्यासपछि हालसम्मकै ठूलो लगानीमा भेनियर उद्योग स्थापना भएको हो । जिल्लामा भएका श्रोतसाधनलाई परिचालन गर्दै उद्यमशिलताको बिकासका लागि प्लाईउडको कच्चा पदार्थ उत्पादन उद्योग सुरु गरिएको सञ्चालक राजेन्द्र राईले बताउनुभयो ।
सुनसरी, मोरङ, झापा, बनेपा, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात गर्नेगरी प्लाईउडको कच्चा पदार्थ उत्पादन सुरु गरिएको बताइएको छ । जिल्लामा प्रशस्त मात्रामा उत्तिस र मलातो भएकाले प्लाईउड बनाउने कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको बताइएको छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिस र मलातोले मूल्य पाउने वाताबरण बनेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology