• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा कांग्रेसले चुनाव प्रचार–प्रसारका सामग्री हटायो

खोटाङमा कांग्रेसले चुनाव प्रचार–प्रसारका सामग्री हटायो

‘भोटले हामी पछि प¥यौ, सोचले हामी अघि छौं’ : खोटाङ कांग्रेस


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर २८ २०७४

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा मंसिर/२८ खोटाङ,

    नेपाली कांग्रेस खोटाङले चुनाव प्रचार–प्रसारका क्रममा प्रयोग गरेका चुनावी सामग्री हटाएको छ । विहीवार विहान सदरमुकाम दिक्तेलबजारमा पार्टीका शिर्षस्त नेताहरुसहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रयोग गरेका सामग्री हटाएका हुन् । सफा र सुन्दर बजार बनाउँनका लागि कांग्रेसले प्रचार–प्रसारका समयमा टाँगेका पोस्टर, पर्चा, पम्प्लेट, तोरण र झण्डा हटाएका छन् ।

     

    कांग्रेसले उच्च लोकतान्त्रिक संस्कार र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै समग्री हटाएको नेविसंघका जिल्ला सभापति राजकुमार वस्नेतले बताए । उनले भने, ‘आफुले निर्वाचनको क्रममा प्रयोग गरेका प्रचार सामग्री हटाएर बजार एवंम गाउँलाई सफा र सुन्दर बनाउँनु हामी सवैको दायित्व भएकाले प्रयोग गरेका समग्री हामीले नै हटाएर बजारलाई कुरुप हुनबाट जोगाएका हौ ।’

     

    विगतका निर्वाचनमा भने कुनैपनि पार्टीले महिनौसम्म प्रचार सामग्री हटाउँने गरेका थिएनन् । त्यही रेकर्ड ब्रेक गर्दै खोटाङ कांग्रेसले प्रचार सामग्री हटाएका हुन् । कांग्रेसले आफ्ना प्रचार सामग्री हटाएपनि अन्य दलले भने हटाएका छैनन् । कांग्रेसले दिक्तेलबजारबाट सुरु गरेको अभियान जिल्लाका ठूला ब्यापारिक केन्द्र, बजार तथा गाउँसम्म गर्ने जनाएको छ ।

     

    ‘कांग्रेसले सुरु गरेको यो अभियान जिल्लाका सवै राजनीतिक दलले अनुशरण गरि आ–आफ्नो प्रचार सामग्री हटाएर सफा र सुन्दर गाउँवस्ती निर्माणका लागि आग्रह गर्दछौं ।’ उनले थपे,‘ आफैमा यो अभियान लोकतन्त्रको सुन्दर पक्ष हो, कांग्रेस सधैभरी आम जनताको मनसंग जोडिन चाहान्छ, त्यसकारण यी प्रचार सामग्रीहरुको औचित्य मतदानको दिनसम्म अझ मौन अवधि सुरु भएको दिनसम्म मात्र थिए त्यसपछाडी औचित्य सकीएको हुनाले पनि हामीले सामग्री हटाएका हौं ।’

    ‘भोटले हामी पछि प¥यौ, सोचले हामी अघि छौं’ : खोटाङ कांग्रेस

    नेपाली कांग्रेस खोटाङले भोटमा पछि परेको तर सोचमा अघि रहेको बताएको छ । विहीबार वी.पी स्मृति भवन दिक्तेलमा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले बाम गठबन्धनका कारण चुनाव हारिएको तर पकड नगुमाएको जनाएको हो ।

     

    २०६४ र २०७० सालको निर्वाचनमा कमै मत आएको निष्कर्ष निकाल्दै कांग्रेसले गत मंसीर १० गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको चुनावमा बाम गठबन्धनका वावजुत पनि सम्मानजनक मत प्राप्त गरेको जनाएको छ । चुनावी मैदानमा तालमेल नभई एकल–एकल स्वच्छ प्रर्तिस्पर्दामा सवै पार्टी लडेका भए जिल्लामा कांग्रेसको जितलाई कुनै पनि तागतले रोक्न नसक्ने कांग्रेसको भनाई छ ।

     

    कांग्रेसले विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा ५ हजार बढी मत प्राप्त गरेको छ । दुई शक्तिवीचको तालमेलमा तथा गणितिय अंकमा हेर्दा उनिहरुको मत बढी थियो तथापी पनि पार्टीले हारेपनि सोचेको भन्दा बढी मत प्राप्त गरेको यूवा नेता शुवासकुमार पोखरेलले बताएका छन् ।

     

    कांग्रेसले लोकतन्त्रको कांग्रेसले उच्च लोकतान्त्रिक संस्कारलाई संस्थागत गर्न भन्दै कार्यलय प्रमुख हरुलाई पनि धन्यबाद दिएको छ । जिल्ला प्रशासन कार्यालयमा गएको कांग्रेस टोलिले जिल्लाका कार्यालय प्रमुख, सुरक्षा निकायलाई समेत पारदर्शि र कुशल कार्य गरेको भन्दै धन्यवाद दिएको हो । कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, निवर्तमान संसद सरस्वति वजिमय, पूर्व सभापति विष्णुकुमार राई, यूवा नेता शुवासकुमार पोखरेल रविप्रकास राईलगायतका नेताले प्रशासनमा पुगेर धन्यवाद ज्ञापन गरेका हुन । उहाँहरुले कामको मुल्याङबकन गरेर निर्वाचनलाई सम्पन्न गर्न कार्यलय प्रमुख र निकाय भूमिका प्रति धन्यावद ज्ञापन गरे ।

     

    प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने, ‘कांग्रेस पार्टीले चुनावका समयमा राष्ट्रसेवक कर्मचारीहरुको काम प्रति उच्च मुल्याङकन गर्दै धन्यवाद दिएको प्रति हामीले पनि आभार तथा कृतज्ञता प्रदान गरेका छौ ।’ अधिकारीका अनुसार, संधै निष्पक्षता, पारदर्शिता र तटस्थता कायम गरि नागरिक सेवामा केन्द्रित हुन सवै कार्यालयका प्रमुखहरुलाई निर्देशन गरेको छु । उनले थपे, ‘कांग्रेसलाई आम मतदाता र नागरिकको नजिकमा रहेर काम गर्न र आगामी निर्वाचनमा सफल हुन सुभेच्छा समेत प्रदान गरेका छौ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology