• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिलामा प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु, महिला एकलकातामा खोटाङ प्रथम

बाक्सिलामा प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु, महिला एकलकातामा खोटाङ प्रथम


चिसाङ शेर्पा
  • मंगलबार, मंसिर २६ २०७४

  • चिसाङ शेर्पा मंसिर/२६ खोटाङ,

    खोटाङको बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । “स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने नाराका साथमा मंगलबारवाट केपिलासगढी गाउँपालिका –४ बाक्सिलास्थित पृथ्वी माध्यमिक बिद्धालयको खेलमैदानमा बृहत राष्ट्रिय कराँते प्रतियोगिता शुरु भएको हो ।

     

    केपीलासगढी गाउँपालिका बाक्सिला र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा शुरु भएकोे दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनसंगै तीनवटा प्रतियोगिता भएको छ । केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राईले ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

     

    निर्धारित समयभन्दा ढिला भएको कार्यक्रममा महिला एकलकाता ईभेण्ट सम्पन्न भएको छ । खोटाङका रोष्मा राई प्रथम, साङगे शेर्पा सिन्धुपाल्चोक द्धितीय, गोमा राई भोजपुर र शर्मिला श्रेष्ठ ओखलढुंगा तृतिय भएकी छन् । पुरुष एकलकातातर्फ ओखलढुंगाका अरुण श्रेष्ठ प्रथम भएका छन् । समय अभावका कारण खोटाङका मेतीचन्द्र राई र उदयपुरका सनम मगर सेमिफाईनलमा प्रवेश गरेका छन् । उनीहरु बुधवार दोश्रो स्थानका लागि प्रर्तिसपर्धा गर्नेछन् । सिन्धुपाल्चोकका बुद्धिमान तामाङ तेश्रो भएका छन् ।

     

    यस्तै महिला/पुरुष कुमितेको दुईवटा क्वाटरफाईनल खेल सकिएको छ । ६१ केजी तौल समुह अन्तरगत खोटाङका जस्मिना राईलाई पराजित गर्दै ओखढुंगाका निरुता तामाङ महिला कुमितेको सेमिफाईनलमा पुगेकी छन् । सिन्धुपाल्चोकका संजिव गोलेलाई पराजित गर्दै बाक्सिला डोजोका रुरीहाङ राई पुरुष कुमितेको सेमिफाईनलमा पुगेका छन् ।

     

    आयोजक टिम बाक्सिलासहित खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिराह, तेह्रथुम, भोजपुर, नवरपरासी र सिन्धुपाल्चोक गरी ९ जिल्लाका १० जना निर्णायक र १ सय १० खेलाडीले सहभागिता जनाएको नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताए । १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका लागि प्रतियोगिता भईरहेको हो ।

     

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ५० हजार, दोश्रो हुने टिमलाई ३० हजार र तेश्रो हुने टिमलाई २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला डोजो प्रमुख देउधन राईले बताए । कार्यक्रममा नेपाल कराते महासंघका प्रबक्ता राजेश अधिकारी, खोटाङ कराते संस्थापक बरिष्ठ प्रशिक्षक नवराज राई, किरात राई खेलकुदसँग केन्द्रिय सचिव गंगा राईको उपस्थिती रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology