समायोजन खवर मंसिर २४ खोटाङ,
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो । बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा काजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए ।
मलेसियाको काजाङमा सेक्यूरिटीगार्डकारुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् । अस्पतालले उच्चरक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ । प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ । मृतक प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । अभिभाबकको मृत्यु भएपछि प्रधान परिवारको विचल्नी भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology