• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बाम गठबन्धनले मनायो बिजय जुलुस, कांग्रेस कार्यकर्तालाई सहानुभुती दिंदै

खोटाङमा बाम गठबन्धनले मनायो बिजय जुलुस, कांग्रेस कार्यकर्तालाई सहानुभुती दिंदै

कांग्रेस कार्यकर्तालाई सहानुभुती बाड्दै


चिसाङ शेर्पा
  • आइतबार, मंसिर २४ २०७४

  • चिसाङ शेर्पा मंसिर/२४ खोटाङ,

    खोटाङमा बाम गठबन्धनले बिजय जुलुश मनाएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी गठबन्धनले आईतवार सदरमुकाम दिक्तेल बजारमा बिशाल ¥याली गर्दै बिजय उत्सव मनाएको हो ।

     

    शनिबार साँझ आएको मत परिणाम अनुसार तीनै सिटमा बिजयी गठबन्धनले स्थानिय हेलिप्याडबाट शुरु भएको ¥याली रत्नपार्क – हाटडाडाँ, त्रिवेणीचोक– भबनगैरा हुंदै पुन ः हेलिप्याडमा गएर कोणसधामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै बिजयी उम्मेद्वारले जिल्लालाई विकास र संमृद्धतिर लैजाने प्रतिबद्धता जनाउँदै आफ्ना तहका नेता, कार्यकर्ता र शुभचिन्तकलाई धन्यबाद दिएका छन् ।

     

    गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचन मत परिणाम अनुसार बाम गठबन्धन एमालेका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा (क) सदस्य एमालेका राजन राई र प्रदेशसभा (ख) सदस्य माओवादी केन्द्रका राम कुमार राईलाई दिक्तेल बजारबासी र सदरमुकाम नजिकका एमाले, माओवादीका कार्यकर्ताले सडकमै फुलमाला, अबिर, खादा ओढाएर सम्मान र बधाई दिएका थिए । कडा सुरक्षाका साथ भएको बिजय जुलुशमा बिजयी उम्मेद्वारसहित कार्यकर्ताहरुले नारा लगाउदै दुबै पार्टीको गुनगान गाएका थिए ।

     

    प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७ सय ६५ मतले पछि पार्दै वाम गठबन्धनका साझा उम्मेद्वार भट्टराई बिजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३ सय ७७ मत र बजिमयले २१ हजार ६ सय १२ मत पाउनुभएको छ । यस्तै, वाम गठबन्धनका उम्मेद्वार राजन १८ हजार ९ सय ३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत पाउनु भएको छ ।

     

    प्रदेशसभा (ख)मा वाम गठबन्धनका रामकुमारले १८ हजार ३ सय ७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार बिष्णुकुमारले १२ हजार २ सय ३९ मत पाउनु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता १ लाख २५ हजार १ सय ८ रहेको खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको थियो ।  प्रतिनिधिसभातर्फ ४ हजार १८४, प्रदेशसभा (क) तर्फ १ हजार ७ सय ८१ र प्रदेशसभा (ख) तर्फ १ हजार ८ सय १६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    कांग्रेस कार्यकर्तालाई सहानुभुती बाँड्दै

    जिल्लामा बाम गठबन्धनसँग भारी मतान्तरले पराजित लोकतान्त्रि गठबन्धन सामाजिक सञ्जालबाट आफ्ना तहतप्काका नेता, कार्यकर्ता, शुभचिन्तकलाई सहानुभुती दिईरहेका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुइ सिट रहेको खोटाङमा एकै सिट जित्न नसक्दा कांग्रेसलाई सहानुभुती दिनु शिवाय कुनै बिकल्प नरहेको हो । तीनै सिटमा २५ हजार ४ सय २० मतले पराजित कांंग्रेसले आफ्ना कार्यकर्तालाई दुखित नहुन भनेका छन् ।

     

    कांग्रेसकी प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले “हामी लोकतन्त्रवादी लोकतन्त्रको संस्थागत बिकास गर्दै संविधानसभाबाट प्रदत्त संविधान कार्यान्वयन गर्ने घडिमा छौ । हार जित भनेको लोकतन्त्रको सुन्दर पक्ष हो हामी हारेको छैनौ । हामिलाई प्राप्त मतले झन् बढी उत्प्रेरणा जगाएको छ । ”

     

    तसर्थ, खोटाङबासि जनताको तन, मनमा रहेर यहाँहरुको सेवामा समर्पित हुने प्रतिबद्धताका साथ प्राप्त मतको सम्मान गर्दछु । कांग्रेसलाई साथ दिनुहुने नेता ,कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलाई धन्यबाद दिएकी वजिमय आफ्ना निकटतम प्रतिद्धन्दी बाम गठबन्धन एमालेका बिशाल भट्टराईसँग १३ हजार ७ सय ६५ मतले पराजित भएकी हुन् ।

     

    प्रदेशसभा (क) सदस्य तथा कांग्रेसका प्रभावशाली नेता सुवास कुमार पोखरेलले “कांग्रेस हारेको छैन, प्रतिस्पर्धामा पछि परेको छ, लोकतन्त्रको पाठशालामा हामी सबै सँगैं छौ” भन्दै फेसबुकबाट आफ्ना कार्यकर्तालाई सहानुभुती बाँडेका छन् ।  चुनाव हार र जितको लडाइँ हैन । यो त प्रतिस्पर्धा गर्ने जनताको मन्च हो । रतिभर पनि कांग्रेस हा¥र्याे भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पोखरेल आफ्ना प्रतिद्धन्दी बाम गठबन्धन एमालेका राजन राईसँग ५ हजार ५ सय २२ मतले हारेका हुन् ।

     

    यस्तै कांग्रेसका प्रदेशसभा (ख) सदस्य विष्णुकुमार राईले पनि फेसबुकवाट मातहतका नेता, कार्यकर्ता, शुभचिन्तकलाई सहानुभुती दिएका छन् । राईले आफ्नो फेसवुक स्टाटसमार्फत “लोकतन्त्रमा विजय पराजय स्वभाविक भएको भनेका छन् । तन, मन र कर्मले सहयोग गर्नु हुने सवैलाई धन्यवाद । कांग्रेसजन, शुभचिन्तक, सहयोगीहरुले दुखित हुँदै अनगीन्ति म्याजेस, फोन गरेकोमा दुखित नहुन आग्रह गर्दै हारले थप उर्जा दिएको उल्लेख गरेका छन् ।”

     

    कांग्रेसलाई देश, समाज र जनहितका काममा समर्पित हुन समेत फेसवुकको वालमार्फत अनुरोध गरेका छन् । राई आफ्ना निकटतम प्रतिद्धन्दी बाम गठबन्धन माओवादीका राम कुमार राईसँग ६ हजार १ सय ३३ मतले पराजित भएका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology