समायोजन खबर मंसिर/२४ खोटाङ
डडेल्धुरावाट दोस्रो चरणको मत परिणमा सार्वजनिक भएको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विजय हासिल गरेका छन । शुक्रबार रातिदेखि मतगणना सुरु भएकोमा नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले बाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गरेका हुन ।
नेपाली काँग्रेसका उम्मेदवार शेर बहादुर देउवा २८ हजार ०४४ मत ल्याई विजय भएका छन । र उनका प्रतिद्धन्द्धी खगराज भट्टले २१ हजार ११५ मत पाएका छन ।
यसैबिच , पहिलो परिणाम डडेल्धुराको बामगठवन्धनका प्रदेश सभा सदस्य पठान सिंह बोहरा बिजयी भएका छन् नेकपा एमालेका तर्फ वाट प्रदेश क वाट बोहरा प्रदेश सभा सदस्यमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्ट दुई हजार २६९ मतले पराजित भएका छन् । प्रदेशसभा सदस्यमा विजयी एमाले उम्मदेवार बोहराले १३ हजार ५६३ मत ल्याएका छन । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार भट्टले ११ हजार ३९४ मत ल्याउनु भएको छ ।
यस्तै , प्रदेश सभा ख मा भने नेपालि काँग्रेसका उम्मेदवार कर्णबहादुर मल्ल १३ हजार ४१३ मत प्राप्त गरेर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार डा।तारा जोशी १३ हजार ०५८ मतले पराजित भएका छन । मल्लले ३५८ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार जोशीलाई पराजित गरेका हुन ।साभार : साझासबाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology