चिसाङ शेर्पा मंसिर/२३ खोटाङ,
सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शनिवार साकेला गाउँपालिकाको रतन्छामा समापन भएको छ । जिल्लाको हकमा ठूलो धनराशी भएको रियालिटी शोको पहिलो अडिसन रतन्छामा भएको हो ।
सहआयोजक जनसाँस्कृतिक परिवार रतन्छा र परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीको संयुक्त आयोजनामा सम्पन्न रियालिटी शोमा १० जना छानिएका छन् । बिसजना प्रर्तिष्पर्धीबाट दश जना छनौटमा परेका हुन् ।
छनौट हुनेमा सोही पालिकाभित्रका रबिन बिश्वकर्मा, निशान परियार, सुजता परियार, रोशन श्रेष्ठ, संंगम राई, सुजन राई, जुनु राई, पुजन राई, शन्देश राई र सन्दिप राई रहेका छन् ।
आगामी मंसिर २५ गते सोमबार दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारमा अडिसन हुने कार्यक्रम संयोजक जिबन कुमार राईले जानकारी दिनुभयो । हालसम्म जिल्लाभरीको रेर्कड अनुसार सयौंले सहभागिताका लागि आवेदन दिएका छन् । सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।
विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology