चिसाङ शेर्पा मंसिर/२३ खोटाङ
खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ६ स्थित घुर्चुमा शुक्रबार साँझ भीरबाट ट्याक्टर खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका डाडाँगाउका स्थानिय बर्ष २३ को बाल कुमार पुलामी मगरको घट्नास्थलमा नै ज्यान गएको हो ।
साँझ साढे ५ बजेको समयमा हलेसीबाट दुधकोशीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर सप्तेश्वर भीरबाट ७ सय मिटर तल खसेको थियो । ट्याक्टरमा सवार २६ बर्षिय अर्जुन थापा मगर घाईते भएका छन् । घाईते मगरलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी दुर्छिम पठाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
ट्याक्टरका चालक सोही नगरपालिका बस्ने १९ बर्षिय देबेन्द्र बस्नेत फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology