• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ९ हजारवढी मतले बाम गठबन्धन अगाडी, कांग्रेस भारी मतान्तरले पछाडी :अपडेट

खोटाङमा ९ हजारवढी मतले बाम गठबन्धन अगाडी, कांग्रेस भारी मतान्तरले पछाडी :अपडेट


चिसाङ शेर्पा
  • शुक्रबार, मंसिर २२ २०७४

  • चिसाङ शेर्पा मंसिर/२२ खोटाङ,
    खोटाङमा प्रतिनिधि र प्रदेससभा तीनै सिटमा बाम गठबन्धनले ह्याट्रिक देखाउदै गएको छ । प्रतिनिधिसभा एक, प्रदेशसभा दुई सिटमा बाम गठबन्धन लगातार अगाडी बढिरहेको हो । शुक्रवार साँझसम्मको मत गणना अनुसार बाम गठबन्धन ९ हजार ७ सय ३९ मतले अगाडी छ । लोकतानित्रक गठबन्धन मतान्तर घटाउने प्रयासमा छन् ।

     

    मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई १३ हजार २ सय ४, लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमय ८ हजार २ सय ५३ मत ल्याउदै बिशाललाई पछ्याईरहेकी छन् । वजिमय ४ हजार ९ सय ५१ मतले ब्याक रहेको छ । नयाँ शक्ति पार्टी नेपालका मदन राई तेश्रो स्थानमा कायमै रहेको छ । कृषिबिज्ञ राईले १ हजार १४ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका कृष्ण कुमार राई ८ सय ७६ मतमा दौडिरहेका छन् । राई नयाँ शक्तिभन्दा १ सय १३ मतले पछाडी छ ।

     

    प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ ५ हजार ८ सय ९७, कांग्रेसका उम्मेद्वार सुवास कुमार पोखरेल ३ हजार ८ सय १३ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । बाम गठबन्धनसँग पोखरेल २ हजार ८४ मतान्तरमा पछाडी रहेको छ । संघीय समाजवादी फोरम नेपालका नबिन राई ४ सय २४, राष्ट्रिय जनमुक्ति पार्टीका तुलसी कुमार राई ५६, नेपाल कम्न्युष्ट पार्टी मालेका नेत्र बहादुर कट्वाल ४ सय १ मतमा रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

     

    यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ७ हजार १३ तथा कांग्रेसका विष्णु कुमार राई ४ हजार ३ सय ९ मत ल्याउदै बाम गठबन्धन भन्दा २ हजार ७ सय ४ मतले पछी रहेको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार टंक थापा २ सय ५९ र नेपाल कम्युनिष्ट पार्टी मालेका कुल प्रसाद फुयल ३ सय १९ मतमा अगाडी बढिरहेका छन् ।

     

    यसैगरी, प्रतिनिधिसभा अन्तरगत सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले १४, राष्ट्रिय जनता पार्टी नेपालका विश्वास राईले २९ , एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) को महेश बास्तोलाले २३ मत र मंगोल नेशनल अर्गानाईजेशनका बिरलाल राईको १९ मत आएको छ ।  दुई नगरपालिका र आठ गाउँपालिकाका १ सय ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३ सय ११ जनाले मतदान गरेका थिए । ५३ हजार ८ सय ७२ जना अनुपस्थित रहेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology