चिसाङ शेर्पा मंसिर/२२ खोटाङ,
खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार १ सय ८४ मतान्तरले फराकिलो अग्रता कायम राखेको छ । विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान १२ बजेभन्दा अघिसम्म प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ९ हजार १ सय ५२ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ५ हजार ९ सय ८ मत ल्याएकी छन् ।
बाम गठबन्धनसँग लोकतान्त्रिक गठबन्धन ३ हजार २ सय ४४ मतले पछाडी रहको छ । नयाँ शक्ति पार्टी नेपालका मदन राई तेश्रो स्थानमा उक्लिरहेको छ । राईले ७ सय ७३ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका कृष्ण कुमार राईको ४ सय ६२ मत आएको छ ।
प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ ४ हजार ६ सय ८४, सुवास कुमार पोखरेल ३ हजार ६४ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धन १ हजार ६ सय २० मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।
यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ५ हजार २ सय ९२ र कांग्रेसका विष्णु कुमार राई २ हजार ९ सय ७२ मत ल्याउदै बाम गठबन्धन भन्दा २ हजार ३ सय २० मतले पछी रहेको छ । खोटाङमा १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३ सय ११ जनाले मतदान गरेका थिए । ५३ हजार ८ सय ७२ जना मतदाता अनुपस्थित रहेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology