समायोजन खवर मंसिर/२१ खोटाङ,
खोटाङमा मत गणनाका लागि करीब ४ घण्टा बाकी रहेको छ । आज साँझबाट सुरु गरिने मत गणनाका लागि सबै तयारी पूरा भइसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मत गणना स्थलको सुरक्षाका लागि अहिले तार जालीले बार्ने काम भइरहेको छ । मत गणनाका लागि हरेक उम्मेद्वारका चार जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । गणनामा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई तार जालीभन्दा बाहिर राखिने मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ । दुई वटा कोठामा प्रतिनिधिसभाको मत, एक वटा कोठामा प्रदेशसभा (क) र अर्को कोठामा प्रदेशसभा (ख) को मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए ।
खोटाङमा बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने तयारी गरिएको छ । मूख्या निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बुधबार बसेको सर्वदलीय बैठकले बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फको मत गणनापछि मात्र समानुपातिकतर्फको मत गणना गरिने जनाइएको छ । हरेक दुई घण्टामा मत गणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology