• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाजवादी फोरमका उम्मेदवार चढेको गाडीमा आक्रमण

समाजवादी फोरमका उम्मेदवार चढेको गाडीमा आक्रमण


समायोजन खबर
  • बुधबार, मंसिर २० २०७४

  •  

    दमक, २० मंसिर : संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् ।
    ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताउनुभयो । चुनावी प्रचारमा हिँडेको सो जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुङ्गा प्रहार गरी क्षति पु¥याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिनुभयो । सो घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताउनुभयो । यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी ससफो नेपालको विचारबाट अत्तालिएकाले कायरतापूर्ण आक्रमण प्रयास गरेको भन्दै घटनाको निन्दा गर्नुभएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology