• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा २४ थरिका उपभोग्य बस्तुको मूल्य घट्यो, हेर्नुहोस

खोटाङमा २४ थरिका उपभोग्य बस्तुको मूल्य घट्यो, हेर्नुहोस

प्रतिकेजी ५ देखि १० रुपैयाँका दरले घट्यो


समायोजन खवर
  • मंगलबार, मंसिर १९ २०७४

  • समायोजन खवर मंसिर/१९ खोटाङ,

    खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी नदीमा स्थायी पक्की पुल बनेको हप्तादिनपछी खोटाङ उद्योग बाणिज्य संघले दैनिक उपभोग्यबस्तुको मूल्य घटाएको छ । बाटोमा पार गर्नुपर्ने दुधकोसीमा मोटरेबल पक्की पुल बनेलगत्तै संघले उपभोग्यबस्तुको मूल्य घटाईएको हो ।

    “चामल, खाना पकाउने ग्याँस, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, सावुन लगायतका उपभोग्यबस्तुको मूल्य घटाइएको  हो ”

    चामल, खाना पकाउने ग्याँस, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, सावुन लगायतका उपभोग्यबस्तुको मूल्य घटाइएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पुलका कारण २४ थरिका उपभोग्य वस्तुको मूल्य प्रतिकेजी ५ देखि १० रुपैयाँका दरले घटाइएको उद्योग बाणिज्य संघले जनाएको छ ।

     

    संघले एमआरपी उल्लेखित उपभोग्यबस्तुलाई सोभन्दा बढि मूल्यमा बिक्रीवितरण नगर्नका लागि व्यवसायीलाई सचेत गराएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दुधकोसीमा ८ वर्ष लगाएर पक्की पुल बनेको हो । पुल अभावमा दुधकोसीमा विगत पाँच/छ वर्ष यता बेलिब्रिज राख्ने गरिएको थियो । सुरुमा राखिएको फेरी बाढीले बगाएपछि बेलिब्रिज राख्न थालिएको हो ।

    हेर्नुहोस घटेको मुल्यसुची

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology