• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको नुनथलामा १८ महिने बालकको डुबेर मृत्यु

खोटाङको नुनथलामा १८ महिने बालकको डुबेर मृत्यु


चिसाङ शेर्पा
  • सोमबार, मंसिर १८ २०७४

  • चिसाङ शेर्पा मंसिर÷१८ खोटाङ,

    रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ पुईलुङमा बालकको डुबेर ज्यान गएकोे छ । खेल्ने क्रममा सोमवार बिहान घरछेउमा रहेको आफ्नै माछा पोखरीमा डुब्दा शुक्र कुमार राई र श्रीमती तारा राईको १८ महिनाका बालक युकेश राईको मृत्यु भएको हो ।

     

    आमा बिरामी अवस्था सुतिरहेका र हजुरआमाले हेरीरहेको बालकलाई आमासंग एकैछिन छोडेर बिहान करीब साढे ६ बजे गाईवस्तुलाई घाँस लगाएर हजुरआमा घर आउदा बच्चालाई आमासंग नभेट्ेपछी खोज्ने क्रममा माछा पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको स्थानिय भगेश्वर राईले जानकारी दिनुभयो ।

     

    घट्नाका बारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ हिडेको खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology