समायोजन खवर मंसिर/१६ खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ । जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो । सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहन लगायतका बालीनाली सुक्न थालेको जिष्ट कृषि फर्म बाहुनीडाँडाका सञ्चालक फौदसिं कार्कीले बताउनुभो ।
सदरमुकामबाट पश्चिमी क्षेत्रमा पर्ने सो क्षेत्रमा मुहान सुकेपछि पिउने पानीको समेत अभाव चर्किएको छ । भदौ यता पानी नपर्दा हिउँदे मकै, मास, मस्याम, बोडी, गहत, तिल, फिलुंगे लगायतका बालीनाली ओइलिएर सुकेको किसानको भनाई छ । मूख्या बालीनाली नै सुक्न थालेपछि किसान चिन्तित छन् । पानी नपर्दा केराको बोट समेत ओइलिन थालेको छ ।
विशेषगरी दुधकोसी र सुनकोसी किनारभन्दा केहीमाथिका गाउँमा खडेरीको समस्या छ । यस अघिका वर्षसम्म भदौं असोजसम्म सामान्य वर्षा हुने गरेको भए पनि यस वर्ष भने पानी नपरेको किसानको भनाई छ । पानी नपर्दा अधिकांश बालीनाली सप्रिएका छैनन् । सिँचाईको अभावमा सो क्षेत्रका स्थानीय आकाशे पानीको भरमा खेतीपाती गर्न बाध्य छन् ।
कम पानी पर्ने भएकाले हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामध्ये अधिकांश वडा सुक्खाग्रस्त क्षेत्र मानिन्छ । यस अघि नै हलेसी तुवाचुङ नगरपालिकाको सात वडा सुक्खाग्रस्त क्षेत्रकारुपमा घोषित भइसकेको अवस्थामा नगरसभाको पहिलो बैठकले बाँकी रहेका थप चार वडा धितुङ, सल्ले, अर्खौले र राजापानीलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणाका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology