• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिष्टम सिक्नु छ भने, लोकसेवा आयोगवाट सिक्नुहोस : अध्यक्ष मैनाली

सिष्टम सिक्नु छ भने, लोकसेवा आयोगवाट सिक्नुहोस : अध्यक्ष मैनाली

लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय भवन उद्घाटन


चिसाङ शेर्पा
  • शुक्रबार, मंसिर १५ २०७४

  • चिसाङ शेर्पा मंसिर/१५ खोटाङ,

    लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नु पर्ने बताउनुभएको छ । बेरोजगारीको चर्को समस्या रहेको देशमा जहाँ कुनैपनि प्रणाली स्थापित भएन भनेर बितृष्णा फैलिरहेको बेलामा लोकसेवा आयोगले प्रणाली स्थापित गरेको स्मरण गराउँदै आयोगबाट सिष्टम सिक्न अनुरोध गर्नुभयो ।

    ”भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने , जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिक”

    शुक्रवार दिक्तेलमा लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा आयोगका अध्यक्ष मैनालीले निर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने र जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिकको रुपमा रहने बताउनुभयो ।

     

    संबैधानिक निकायमा लोकसेवा आयोग सबभन्दा पुरानो संबैधानिक निकाय रहेको तथा त्यसको साख घुम्न नदिन पाठ्क्रम, परिक्षा प्रबिधि परिवर्तन र आयोगलाई प्रबिधिमैत्री बनाउँदै युवाहरुको अटुट आस्था, मिहेनतलाई कदर गर्न लोकसेवा आयोग रहेकोे बताए । वेलावेलामा सामान्य फोहोरका छिटाहरु आउने बाहेक लोकसेवा आयोगमा कुनै समस्या नरहेको पनि प्रष्ट पार्नुभयो ।

     

    सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका राम कुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासंगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।

     

    सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ती गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुंदा ४६ वर्ष भाडामा बस्दै आएको थियो । २ करोड ६३ लाख ६६ हजार ९५२ रुपैयाँमा निर्माण सम्पन्न भवन ४ वर्षपछि उद्घाटन गरिएको हो । समयमा अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटन ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताए । उनले भने, ‘भवन अभावमा यस अघि सानातिना परिक्षासमेत विद्धालयहरुमा गराउदै आएको आयोगले अब, आफ्नै भवनमा गराउँने छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology