• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा निर्माण सम्पन्न भएको चार वर्षमा लोकसेवा आयोगको भवन उद्घाटन

खोटाङमा निर्माण सम्पन्न भएको चार वर्षमा लोकसेवा आयोगको भवन उद्घाटन

सानातिना परिक्षा आयोगले आफ्नै भवनमा गराउने


चिसाङ शेर्पा
  • शुक्रबार, मंसिर १५ २०७४

  • चिसाङ शेर्पा मंसिर/१५ खोटाङ,

    लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन विधिवत रुपमा उद्घाटन गरिएको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको आयोगको नयाँ भवन निर्माण सम्पन्न भएको ४ वर्षपछि लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले शुक्रवार उद्घाटन गर्नु भएको हो ।

     

    सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ती गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुंदा ४६ वर्ष भाडामा बस्दै आएको थियो । २ करोड ६३ लाख ६६ हजार ९५२ रुपैयाँमा निर्माण सम्पन्न भवन समय अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटनमा ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताए । उनले भने, ‘भवन अभावमा यस अघि सानातिना परिक्षासमेत विद्धालयहरुमा गराउदै आएको आयोगले अब, आफ्नै भवनमा गराउँने छ ।’

     

    सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका राम कुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासंगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।

     

    उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा आयोगका अध्यक्ष मैनालीले निर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने र जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिकको रुपमा रहने बताउनुभयो । कार्यक्रममा लोकसेवा आयोगका माननिय सदस्य बृन्दा हाडा, सचिव महेन्द्र प्रसाद गुरागाई, सह,सचिव लक्ष्मी विलास कोईराला, उपसचिव केशब शर्मा लगायतले भवन निर्माण भएकोमा सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology