• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल बजारमा गाडी पार्किङ गर्न नपाईने, तीनदिन भित्र टिकट काउण्टर हटाउन निर्देशन

दिक्तेल बजारमा गाडी पार्किङ गर्न नपाईने, तीनदिन भित्र टिकट काउण्टर हटाउन निर्देशन

नियम उल्लङघन गरे प्रचलित कानुन बमोजिम कारबाही


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर १४ २०७४

  • चिसाङ शेर्पा मंसिर/१४ खोटाङ,

    खोटाङको दिक्तेल बजारमा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिएका बस तथा मालबाहक सवारी साधनलाई बसपार्क तथा जिपलाई हाटडाडाँमा पार्किङ गर्न निर्देशन दिईएको छ ।

     

    गत बुधवार बसेको सरोकारवालाको वैठकको निर्णयानुसार नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउन सम्बन्धित स्थानमा बस पार्किङ गर्न र अनाधिकृत रुपमा सञ्चालन भईरहेको टिकट काउण्टर तीन दिनमा हटाउन नगरपालिकाले सुचना मार्फत निर्देशन जारी गरेको हो ।

    “कसैले बेवास्ता गरि नियम उल्लङघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुन्छ । तीन दिनमा नहटाए प्रहरी लगाएर हटाईने छ ।”

    मालबहाक ट्रक, यात्रुबहाक बसले सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा पार्किङ गर्नुपर्नेछ छ । साना जिप पार्किङका लागि हाटडाडाँमा जानुपर्छ नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताउनुभयो । बजारका दायाँवायाँमा राखिएका निर्माण तथा व्यापारिक सामग्रीलाई समेत तत्काल हटाउन लगाईएको छ ।

     

    कार्यकारी अधिकृत राईका अनुसार ‘बजारमा टिकट काउण्टर सञ्चालन गर्नु परेमा नगरपालिकाको कार्यालयबाट दर्ता÷अनुमती लिएर मात्र सञ्चालन गर्न पाईन्छ ।’ उनले भने, “कसैले बेवास्ता गरि नियम उल्लङघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुन्छ । तीन दिनमा नहटाए प्रहरी लगाएर हटाईने छ ।”

     

    बजारका दायाँवायाँमा यातायात व्यवसायीले सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा साना सडकमा दुर्घट्ना हुने सम्भावना बढेको छ । बर्षातका समयमा बसपार्कसम्म गाडीहरु जान नसक्दा यातायात व्यवसायीहरुले बजारमा पार्किङ गर्दै यात्रुहरु चढाउने, ओराल्ने गर्दै आएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology