• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने हजारौंको ध्यानकेन्द्रित

खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने हजारौंको ध्यानकेन्द्रित

कला र गलाको सम्मान हुंदै


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर १४ २०७४

  • चिसाङ शेर्पा मंसिर/१४ खोटाङ,

    संगीत पारखीहरुका लागि खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने भएको छ । विश्वलाई ध्यान केन्द्रित गराएको नेपाल आईडल सेलाउदै गर्दा जिल्लाको हकमा ठूलो धनराशी खोटाङ आईडलको तयारी गरिएकोे हो । विहीवार दिक्तेलस्थित हलेसीखबर पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन मार्फत आयोजक परिवर्तन नेपालले उक्त सांगितिक रियालिटी शो हुने जानकारी दिएको हो ।

     

    मंसिरको अन्तिम सातादेखी शुरु हुने सांगितिक रियालिट शो अन्तरगत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छा, २५ गते दिप्रुङ गाउँपालिका पञ्चमीबजार, २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, २९ गते जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजारमा अडिसन हुनेछ ।

     

    यस्तै, पौष १ गते बराहापोखरी गाउँपालिकाको साउनेचौर, ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजार, ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिकाको खार्पा, १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरिने आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ राजापानी तथा कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

     

    विजेताहरु मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

     

    जिल्लामा रहेका सगीतपे्रमीहरुको कला र गलाको सम्मानार्थ सञ्चालित रियालिटी शोका लागि युके, मलेसिया, कतारका सहयोगीदाताले सहयोग गरेका छन् । फागुन २९ गते समापन हुने कार्यक्रमलाई गाउँपालिकामा रहेका सहआयोजकले समेत सहयोग गर्नेछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology