समायोजन खवर मंसिर १३/खोटाङ,
खोटाङस्थित केपिलासगढीगाउँपालिका–७ सुङदेलका १२ बर्षिय क्यान्सर पीडित बालक बचाउनका लागि सहयोगको याचना गरिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएको बालक सन्देश राईको नाकको पछिल्लो भागमा भएको क्यान्सर रोगको उपचार गराउन आर्थिक सहयोगको याचना गरिएको हो ।
हाल, ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको बालककोे थप उपचारका लागि आर्थिक अभाब भएको कारण ‘सन्देश राई उपचार सहयोग अभियान ’ सञ्चालन गरी सहयोगको याचना गरिएको अभियान्ता पत्रकार भीम राईले बताउनुभयो । देश–विदेशमा रहेका नेपालीबाट सहयोग जुटाई सन्देश बचाउने अभियानमा लागेकाले सबैलाई सहयोगमा सामेल हुन अनुरोध गरिएको राईको भनाई छ ।
हालसम्म उपचारका लागि परिवारले करिब ७ लाख रुपैयाँ खर्च गरिसकेको उनलाई सुरुमा सुनसरीस्थित विपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा लामो समय राख्नु परेको थियो । सो अस्पतालबाट रोगको पहिचान भएपछि बल्ल काठमाडौँमा थप उपचारमा राखिएको बताईएको छ । ‘थोपा थोपा मिलाएर घैला भराउने’ यो अभियानमा लाग्न समेत सबै आफन्त, नर नाता, इष्टमित्रहरु सबैमा अनुरोध गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology