• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियाबाट ८० हजार आर्थिक सहयोग

एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियाबाट ८० हजार आर्थिक सहयोग

हौंचुरवासी उत्साहित


चिसाङ शेर्पा
  • सोमबार, मंसिर ११ २०७४

  • चिसाङ शेर्पा मंसिर÷११ खोटाङ,

    एम्बुलेन्स खरिद अभियान हौंचुरलाई अष्ट्रेलियाबाट ८० हजार रुपैया सहयोग प्राप्त भएको छ । लामिडाडाँ गाउँपालिका ६ हौंचुरद्धारा सञ्चालित ‘एम्बुलेन्स खरिद सेवा’ समितिलाई सोही स्थान पोखरी २ का अमृत गुरुङले आईतवार अष्ट्रेलियादेखी उक्त रकम हौचुर पठाउने बचन दिएका छन् ।

     

    रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका गुरुङले एम्बुलेन्स खरिद अभियानलाई टार्गेट गर्दै बिगत समययता हौंचुरवासी खोटाङगे, गैर खोटाङगेबाट सहयोगार्थ संकलित रकमलाई बिदाका दिन आईतवार साथीभाई भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेका थिए । संकलित रकमलाई एम्बुलेन्स सेवा समिति हौचुरलाई तत्काल पठाउने अभियानकर्ता गुरुङले बताउनुभयो ।

     

    स्थानीय गजेन्द्र राईको संयोजकत्वमा गठित समितिले हौंचुरसहित विभिन्न मुलुकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको छ । पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई गत साउन २६ गते समिती गठन भएको थियो । अहिलेसम्म ८ लाख २० हजार संकलन भईसकेको समिति संयोजक राईले बताए ।

     

    एम्बुलेन्स खरिदजस्तो महान कार्यमा सहयोग गर्न चाहाने सहयोगीदाताले प्रभु वैंक अनामनगरस्थित गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने समितीले जनाएको छ । युरोप देशबाट पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर माथीको खाता नम्बरमा पैसा जम्मा गर्न मिल्नेछ ।

    को हुन गुरुङ

    बुवा पदम गुरुङ आमा तारादेबी गुरुङको कोखबाट २०४५ साल मंसिर ५ गते जन्मनु भएका लामिडाडाँ गाउँपालिका ६ हौचुर साविक २ पोखरीका २९ वर्षिय अमृत गुरुङ सामाजिक भावना भएका ब्यक्ति हुन् ।

     

    लामो समययता सुनसरीस्थित तरहरामा बसोवास गर्दै आएका उनी रोजगारीका लागि अष्ट्रेलिया गएका हुन् । रोजगारीमा अष्ट्रेलिया आएका अन्य ब्यक्तिहरुको सहकार्यमा संकलन भएको ९७६ डलर रकम आफ्नो २९ औं जन्मदिनको अवसरमा उनले साथीभाईवाट पाएको बहुमुल्य उपहार स्वरुप सबै रकम जम्मा गरेर गाउँका लागि दान गरेका हुन् ।

     

    गाउँका अधिकांश मानिसहरु उपचारका लागि बेलैमा अस्पताल पुग्न नपाएर मरेका छन् । त्यस्ता मानिसहरु नमरुंन भनेर यो पैसा जम्मा गरेका हौ । गुरुङले भने, “जन्मदिनमा आएका सबै साथीलाई कुनै उपहार नदिन भनेको थिए । मेरा लागि उनीहरुको त्यो सहयोग नै ठूलो उपहार हो ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology