चिसाङ शेर्पा मंसिर÷९ खोटाङ,
रसुवाघाट कालापानी खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको छ । कुल बजेट १ करोड ८० लाख लागतमा समापन हुने योजनाको काम तीव्र गतीमा भईरहेको आयोजनाले जनाएको छ । खोटेहाङ गाउपालिकाको साविक वडा नं. ६ को सप्तकोशी नदीवाट पानि पम्पीङ सिष्टममा तानेर लिच्कीराम्चे र सिमपानीमा पानी पु¥याउने लक्ष्यका साथमा योजनाको काम सञ्चालन भईरहेको हो ।
आयोजनाका अध्यक्ष कर्ण वहादुर राउतका अनुसार रसुवा घाट पुल अगाडी पानी तान्नका लागि भवन बनिसकेको छ । पानी तान्ने ३ वटा मेशिन, २५ वटाका तीनवटा विधुत ट्रान्सफर्मर योजना स्थलमा आईसकेको छ । पालीकाको लिच्कीराम्चेस्थित कालापानी जंगलमा दश लिटरवाला २ वटा आरभिटी ट्याङकी र कालापानीको सिरानमा ३० हजार लिटर पक्की ट्याङकी निर्माण भईसकेको अध्यक्ष राउतले बताउनुभयो ।
यस्तै, १२ सय मिटर लामो जिआई पाईप वल्डिङ गरी सकिएको छ भने, पाईप राख्ने पिलर पनि तयारगरी सकिएको छ । योजनावाट लाभान्वित ९७ घरधुरीलाई पोलेथिन पाईप गाउँमा आईसकेको आयोजनाले जनाएको छ ।
चुहार पधेरा, मानेखोला पधेरा र खारखोला पधेरावाट दुई घण्टाको वाटो हिडेर खानेपानी उपभोग गरिरहेका स्थानियलाई निर्माणधिन योजनाले ठूलो राहत दिने स्थानीयको भनाई छ । योजनाको पहिलो चरणमा लिच्कीराम्चेका ९७ घरधुरी लाभान्वित हुने छन् ।
आयोजना लागि थप ६ सय मिटर जिआई पाईप, १७ वटा विजुलीका पोल र तारको अभाव रहेको छ । आवाश्यक सामग्री चाडै पुरा भए यहि वर्षभित्र खानेपानी सुचारु गर्न सकिने आयोजनाका अध्यक्ष राउतले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology