चिसाङ शेर्पा मंसिर÷८ खोटाङ,
जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीको मोटरेबल पुल शुक्रवार विहान ९ बजेदेखी खुल्ला भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित बाहुनीडाडाँ र ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउपालिका थाक्लेकोे सिमानामा पर्ने करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुलमा हर्कपुर सडक डिबिजन प्रमुख ईश्वरबहादुर रिजालले डिभिजनको गाडी पार गराएर सर्वसाधारणका लागि खुला गर्नु भएको हो ।
करिब ११ करोडको लागतमा निर्माण गरिएको आरसिसि ससपेन्सन ब्रिज विहीवार सञ्चालन गरिने भनिए पनि लोड टेष्टको काम नसकिएकाले शुक्रवार विहान सञ्चालन गरिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका साईड इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । उनले भने, ‘बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।’
खोटाङको संमृद्धि सुचकको रुपमा हेरिएको नेपालकै नमूना मोटरेबल पक्की पुल सुचारु भएसंगै जिल्लावासीमा खुशियाली छाएको छ । ब्यग्र प्रतिक्षापछि पुल सुचारु भएसंगै खोटाङको विकासले काँचुली फेर्ने अनुमान गरिएको छ । पुल खोलिए पछि चुनावमा भोट लगाउन आउने–जाने खोटाङवासी तथा जिल्ला वाहिरका सर्वसाधरणलाई राहत पुगेको छ । मोटरेबल पुल शुरु भएसंगै खोटाङ–काठमाण्डौ, पुर्वी तराइ–खोटाङ यातायात सिधा भएको छ । पुल नहुँदा दिक्तेलदेखी जयरामघाटसम्म मात्रै यातायात सञ्चालन हुने गर्दथ्यो । हिउँदमा बेलिब्रिज र बर्षादमा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता थियो ।
सम्झौता म्याद नाघेको ५ वर्षपछि निर्माण सम्पन्न भएको पुलले जिल्लालाई स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन र दिवाकर गोल्छाको हुलास कम्पनीले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology