चिसाङ शेर्पा मंसिर÷७ खोटाङ,
छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेद्वार सुवासकुमार पोखरेलले बताउनुभयो । केन्द्रमा पुग्ने नेता तथा सभासद वोल्नलाई डराउँछन् कसरी हुन्छ बिकास उनले थपे, त्यसको असर जिल्लालाई पर्ने गरेको छ ।
आगामी आईतवार हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावका लागि विहीवार कांग्रेसले दिक्तेलमा गरेको घरदैलो अभियान अन्तरगत त्रिवेणीचोकमा सभालाई संवोधन गर्दै उम्मेद्वार पोखरेलले,‘खोटाङका नेताहरु केन्द्रमा नपुगेका हैनन् । उनीहरु वोल्न नसकेका हुन् । वोल्न नसक्दा जिल्लालाई सधै अरुको विकास हेरेर वस्न बाध्य बनाईएको बताए ।’ जिल्लाका लागि बिकासमा बजेट आएको हुन्छ, त्यसमा उनीहरु न त थपि माग्छन्, न बोल्छन्, जती पाउँछन् लिएर आफुलाई नाफा राखेर जनतालाई दिन्छन् अनि कसरी हुन्छ विकास उनले जनसभामा उपस्थित जनतालाई सचेत गराउन प्रश्न राखे ।
सोलुखुम्बु, भोजपुर, ओखलढुंगामा रातारात विकास भईरहंदा खोटाङको बिकास शुन्य हुंदा हजारौ युवायुवतीहरु मुसलमानको देशमा गुलामी गर्न जानु परेको तितो यथार्थ बताउदै अब त्यस्तो स्थिती आउन नदिने प्रतिबद्धता जनाए । जनताले आफुलाई जिताएर केन्द्रमा पठाए सबैभन्दा पहिला जिल्लालाई संबृद्ध बनाउने घोषणा गरेका छन् । जसका लागि नेता पोखरेलले सहयोग गर्न सवै स्थानिय जनतालाई आग्रह गरेका छन् ।
मौन अवधिको समय नजिकिदै गर्दा जिल्लामा लोकतान्त्रिक गठबन्धन, नयाँ शक्ति, संघिय समाजवादी फोरम, बाम गठबन्धनले सक्दो घरदैलो अभियान दु्रत गतीमा गरीरहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology