• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा मतदान केन्द्रमा कर्मचारी जाँदै

खोटाङमा मतदान केन्द्रमा कर्मचारी जाँदै

खोटाङमा १ हजार ४३२ कर्मचारी


समायोजन खवर
  • मंगलबार, मंसिर ५ २०७४

  • समायोजन खवर मंसिर ५ खोटाङ,
    आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा कर्मचारी मतदान केन्द्र पठाउन थालिएको छ । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

     

    सदरमुकाम दिक्तेलबाट टाढा पर्ने पालिकाको मतदान केन्द्रमा खटिएका अधिकांश कर्मचारी हिँडिसकेका छन् । जन्तेढुंगा गाउँपालिकामा निर्वाचन सामग्री सहितका कर्मचारी पुगिसकेका छन् । यस्तै, बराहपोखरी, खोटेहाङ, केपीलासगढी, ऐसेलुखर्क गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझेर सदरमुकाम दिक्तेलबाट हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

     

    अन्य पालिकामा खटाइएका कर्मचारीले पनि निर्वाचन सामग्री बुझिरहेका छन् । आसन्न निर्वाचनका लागि १३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएको खोटाङमा १ हजार ४३२ कर्मचारी खटाइएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology