• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका ३४ प्राकृतिक प्रकोप पिडितलाई राहत, को–को परे हेर्नुहोस

खोटाङका ३४ प्राकृतिक प्रकोप पिडितलाई राहत, को–को परे हेर्नुहोस


समायोजन खवर
  • सोमबार, मंसिर ४ २०७४

  • समायोजन खवर मंसिर ४ खोटाङ,
    हङकङमा स्थापना गरिएको खोटाङ दैवी प्रकोप सहयोग अक्षय कोषले खोटाङले प्राकृतिक प्रकोपमा परेका पिडित परिवारलाई राहत प्रदान गरेको छ । प्राकृतिक विपत्तीमा परेका पिडित परिवारको सहयोगार्थ २०७३ सालमा खोटाङ समाज हङकङले स्थापना गरेको विपद कोषले एक वर्षको व्याजबाट जिल्लाका ३४ प्रकोप पिडितलाई २ लाख ४० हजार रकम हस्तान्तरण गरेको हो । आर्थिक वर्ष २०७३÷०७४ भित्र भएका प्राकृतिक विपत्तीमा जनधन गुमाएका ३४ पिडित परिवारले पाउनेगरी कोष सञ्चालक समितिका अध्यक्ष भोगेन एक्लेले जिल्ला दैबीप्रकोप उद्धार समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई सोमाबार रकम हस्तान्तरण गर्नु भएको छ ।

     

    कोषबाट रकम लिए लगत्तै जिल्ला दैबीप्रकोप उद्धार समितिले तत्काल ७ प्रकोप पिडितलाई राहत प्रदान गरेको छ । अन्य पिडित परिवारलाई क्रमशः राहत प्रदान गर्ने जनाइएको छ । हाल हङकङमा बसोबास गरिरहेका खोटाङ्गेले स्थापना गरेको २० लाखको अक्षय कोषको व्याजबाट यस वर्षदेखि जिल्लाका प्रकोप पिडितलाई क्षतीको आधारमा राहत वितरण गर्न थालिएको हो । खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको कार्यकालमा हङकङमा विपद कोष स्थापना गरिएको हो ।

         हेर्नुहोस क,कसले पाए राहत

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology