• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केन्द्रकै कारण सवै निःशुल्क औषधी पाउदैनन् जनताले, डा.केसी

केन्द्रकै कारण सवै निःशुल्क औषधी पाउदैनन् जनताले, डा.केसी

राज्यको भनाई र गराई फरक


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक २९ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक÷२९ खोटाङ,

    स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थावाट उपलब्ध हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । सरकारले निर्धारण गरेता पनि स्वास्थ्य संस्थाले दिनुपर्ने सेवा सरकारकै कारण सुविधा दिन सकीने अवस्था छैन ।

     

    जिल्ला अस्पतालले ७०, प्राथमिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकी ३५ प्रकारका औषधीहरु निशुल्क पाईन्छ । तर, जनताले पाउनुपर्ने निशुल्क स्वास्थ्य सेवाहरु दिन नसकिएको सम्बन्धित कार्यालयले जनाएको छ । आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, विरामी दर्ता शुल्क, शैया शुल्क भने निशुल्क दिईरहेको छ । विशेषत ः जिल्लामा औषधी वितरणमा ठूलो समस्या रहेको छ ।

     

    आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा प्रसुती आमाहरुलाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्ला १ हजार, तराईका जिल्लाहरुमा ५ सय तथा ४÷६÷८ र ९ महिनामा गर्भ जाँच गरेवापत ४ सय रुपैयाँ पाईरहेका जिल्ला अस्पताल खोटाङका डा. राम वहादुर केसीले बताउनुभयो । आकश्मिक शैया शुल्क भने १ सय रहेको छ । त्यो व्यवस्थापन समितिले तय गरेको दररेट हो ।

     

    स्थानिय निकाय, क्षेत्र र केन्द्रको विचमा समन्वय गरी तत्काल आपुर्ती गर्न सकेमा जनताले राज्यले दिएको सुविधा पाउँछन् । डा. केसीले भने “राज्यले तोकेर भनेको छ तर, औषधीहरु छैन कसरी वितरण गर्नु । त्यसको लागि केन्द्रले औषधी दिन सक्नुपर्छ ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology