समायोजन खवर कार्तिक/ २८ खोटाङ,
मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने÷नपाउनेमा अलमलमा परेका छन् । यसअघि लिएको मतदाता परिचयपत्र हराएका मदताता आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन पाउने÷नपाउनेमा अलमलिएका हुन् । मतदाता परिचयपत्र हराएका मतदाताको हकमा निर्वाचन आयोगले हालसम्म स्पष्ट धारणा नदिँदा त्यस्ता मतदाता आसन्न निर्वाचनमा भोट हाल्न पाउने वा नपाउनेमा अन्योलमा परेका हुन् । निर्वाचन कार्यालयका अनुशार खोटाङमा आसन्न निर्वाचनमा मत हाल्ने मतदाता संख्या १ लाख २५ हजार १८३ छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आगामी निर्वाचनमा मत खसाल्न पाउने÷नपाउने भन्ने विषयमा आयोगको धारणा नआउँदा अन्योल छाएको स्थानीयले बताएका छन् । परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफुसँग आाधिकारिक जवाफ नभएको मूख्या निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology