चिसाङ शेर्पा कार्तिक÷२७ खोटाङ,
चुनाव नजिकिदै गर्दा खोटाङमा पार्टी परित्याग गरी कार्यकर्ताहरु ओहोरदोहोर गर्न थालेका छन् । शनिवार नेपाली काग्रेस खोटाङले साकेला गाउपालिकास्थित मात्तिम विर्ता ४ मानेभञ्ज्याङमा गरेको चुनावी सभामा नेकपा एमालेका दर्जन कार्यकर्ता पार्टी परित्याग गरी काग्रेसमा आएका छन् ।
साकेला गाउपालिकाका विभिन्न स्थानका अमृता राई, लोचन राई, रोजन राई, महेश राई, सविन राई, डिग वहादुर राई, कर्णाखर फुयल, हरी फुयल, खगेन्द्र खड्का, दिपक खड्का, मुना ढकाल र लक्ष्मी राई कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेका सवैलाई प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, समानुपातिक उम्मेद्वार हिरा गुरुङले अविर जात्रा गरी स्वागत गरेका थिए । पार्टीमा आएका कार्यकर्तालाई सोही दिन कांग्रेसले साधरण सदस्यता वितरण गरेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology