• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दैबी प्रकोप पिडित परिवारलाई राहत प्रदान गर्ने घोषणा,३४ जनाले पाउने

खोटाङमा दैबी प्रकोप पिडित परिवारलाई राहत प्रदान गर्ने घोषणा,३४ जनाले पाउने

बार्षिकरुपमा आउने व्याजमध्ये ७५ प्रतिशत रकम पिडितलाई वितरण गरीने


समायोजन खवर
  • सोमबार, कार्तिक २७ २०७४

  • सांकेतिक तस्विर ।

    समायोजन खवर कार्तिक २७ खोटाङ,

    खोटाङ समाज हङकङले स्थापना गरेको  दैवी प्रकोप सहयोग अक्षयकोषले जिल्लाका ३४ दैबी प्रकोप पिडित परिवारलाई राहत प्रदान गर्ने घोषणा गरेको छ । कोषले आगलागी, चट्याङ, बाढि पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका जिल्लाका पिडितको सहयोगार्थ २०७३ सालमा स्थापित विपद कोषले यस वर्षदेखि राहत दिने घोषणा गरेको हो ।

     

    आर्थिक वर्ष २०७३÷०७४ भित्र भएका प्राकृतिक विपत्तीमा जनधन गुमाएका पिडितलाई राहत स्वरुप २ लाख ४० हजार प्रदान गर्न लागिएको कोष सञ्चालक समितिका अध्यक्ष भोगेन एक्लेले बताए । रोजगारीका सिलसिलामा हङकङमा पुगेका खोटाङ्गे युवाले स्थापना गरेको २० लाखको अक्षय कोषबाट जिल्लाका दुई नगरपालिका र आठ वटै गाउँपालिकाका प्रकोप पिडितलाई क्षतीको आधारमा राहत वितरण गरिने जनाइएको छ । छानिएका पिडित परिवारलाई मंसिर ४ गते दिक्तेलमा कार्यक्रम गरेर राहत वितरण गर्ने जानकारी दिइएको छ ।

     

    जिल्ला दैबी प्रकोप उद्धार समितिको तथ्यांकका आधारमा ५ लाखभन्दा कम क्षती भएका २३ परिवारलाई प्रतिपरिवार ५ हजार, ५ लाखदेखि १० लाखभन्दा कम क्षती भएका ८ परिवारलाई प्रतिपरिवार १० हजार तथा १० लाखभन्दा बढि क्षती भएका ३ परिवारलाई प्रतिपरिवार १५ हजारका दरले राहत दिइने कोष सञ्चालक समितिले जनाएको छ ।

     

    विपत्तीमा परेका सर्वसाधारणको सहज जीवनयापनका लागि खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको पहलमा हङकङमा विपद कोष स्थापना भएको हो । बार्षिकरुपमा आउने व्याजमध्ये ७५ प्रतिशत रकम पिडितलाई वितरण गर्नेगरी अक्षय कोष स्थापना गरिएको हो । आगामी दिनमा प्राकृतिक विपत्तीमा परेका नागरिकलाई तत्काल राहत दिनेगरी काम गर्ने कोष संस्थापक एबं समाजका पुर्वअध्यक्ष राईले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology