• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक

राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक

करातेको ईतिहासमा खोटाङले बनायो नौलो रेर्कड


चिसाङ शेर्पा
  • आइतबार, कार्तिक २६ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक÷२६ खोटाङ,

    प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगिता अन्तरगत खोटाङ पुर्वाञ्चल टिममा पहिलो भएको छ । पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट भएका मध्ये खोटाङका ४ खेलाडी राष्ट्रिय प्रतियोगितामा पदक जितेर करातेको ईतिहासमा खोटाङले नौलो रेर्कड कायम गरेकोे हो । २ रजत २ कास्य पदक जित्दै पुर्वाञ्चलवाट सहभागी अन्य खेलाडीहरुमध्ये उत्कृष्ट स्थान प्रर्दशन गरेका हुन् ।

     

    शुक्रवार काठमाण्डौस्थित त्रिपुरेश्वर कर्वडहल भएको पुरुष कुमितेमा ५५ केजी तौल समुहमा नवीन राई, ६० केजी तौल समुहतर्फ सन्तोष राईले रजद पदक जित्दै करातेमा खोटाङलाई अब्बल सावित गरेको हुन् । नविन, नेपाल पुलिस क्लवका सोनाम लामा र सन्तोष पुलिस क्लवकै रविन्द्र कार्कीसंग पराजित भएका हुन् । खोटाङकै, महिला कुमितेमा ५५ केजी तौलमा विध्याकला राई, ६८ प्लस केजी तौलमा मिसडोना राईले कास्य पदकमा वाजी मारेर खोटाङ करातेलाई माथी पु¥र्याएको नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष तथा राष्ट्रिय खेलाडी छनौटका लागि पुर्वाञ्चल टिम प्रशिक्षक सञ्जय कुमार राइले जानकारी दिनुभयो ।

    “पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट भएका मध्ये खोटाङका ४ खेलाडी प्रतियोगितामा पदक जितेर करातेको ईतिहासमा खोटाङले नौलो रेर्कड कायम गरेकोे हो ।”

    “राष्ट्रिय प्रतियोगितामा हामी अगाडी भयौ, २ रजत २ कास्य पदक पाएका छौ, यो आम खोटाङगेहरुका लागि गौरवको विषय हो । प्रशिक्षक राईले भने, “अझै यो भन्दा माथी जान जिल्लामा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । यहाँ खेलकुदलाई अतिरिक्त क्रियाकलापमा राख्न खोज्छन् । त्यो मानशिकता हटाएर सवैले आ–आफ्नो स्थानवाट सहयोग गरे पुर्वाञ्चल प्रथम मात्रै नभई राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट प्रर्दशन गर्न सकिने छ । खेलाडी बनाउने आँट, क्षमता र जनशक्ति हामीसंग रहेको छ ।”

     

    यसैगरी, प्रतियोगितामा ५० केजी तौल समुहमा बिवेक थापा मोरङ, ४० केजी तौल समुहमा झापाका ओशिष श्रेष्ठ, ५० केजी तौल समुहमा ईलामकी पृती वस्नेत र ६८ माईनस केजी तौलमा मोरङकी कृति दुलालले कास्य पद जितेकी छन् । हप्तादिन अघि पुर्वाञ्चल छनौट प्रतियोगितामा ७ स्वर्ण ३ रजत ५ कास्यसहित पुर्वाञ्चल प्रथम भएका खोटाङले राष्ट्रिय टिमका लागि भने स्वणर््ा जित्न सकेनन् ।   राष्ट्रिय टिममा छनौट खेलाडीहरुले सन २०१८ मा ईण्डोनेशियाको जकार्तामा हुने १८ औ एसियन तथा सन २०१९ मा नेपालले आयोजना गर्ने १३ औ साउथ एशियन गेम खेल्न पाउँनेछन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology