• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा शुरु भयो मतदाता शिक्षा

खोटाङमा शुरु भयो मतदाता शिक्षा

मतदाता शिक्षा कार्यकर्ता, स्वयंसेवक मंसिर १० गतेसम्म फिल्डमा खट्ने


समायोजन खवर
  • आइतबार, कार्तिक २६ २०७४

  • समायोजन खवर कार्तिक २६ खोटाङ,

    खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि शनिबारदेखि जिल्लाका दुई गाउँपालिका र आठ गाउँपालिकाका ७९ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

     

    शुक्रबार एक दिने तालिम दिएर १७९ मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । शनिबारदेखि खटिएका तालिम प्राप्त मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई मंसिर १० गतेसम्मै फिल्डमा खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

     

    एलजिसिडीपीका सामाजिक परिचालक, बालबिकास केन्द्रका सहयोगी कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेबिका लगायतलाई प्रशिक्षक तालिम दिएर मतदाता शिक्षा कार्यक्रममा खटाइएको हो । निर्वाचन आयोगको नमूना मतपत्र, पर्चा, पम्प्लेट, ब्रोसर लगायतका सामग्री बोकेर मतदाता शिक्षा स्वयंसेवक गाउँ खटिएका छन् । आसन्न निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १७९ मतदान केन्द्र तोकिएका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology