समायोजन खवर कात्र्तिक÷२४ खोटाङ,
आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रैछाकुले” का प्रतिमा अनावरण सँगै बृहत सांगीतिक कार्यक्रमको तयारी गरिएको छ । किराती सभ्यताको उद्गम स्थलका रुपमा लिईने खोटाङस्थित तुवाचुङ डाडाँमा बृहत कार्यक्रमको तयारी गरिएको हो ।
किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको आयोजना तथा किराया तयामा, खियामा, रैछाकुले प्रतिमा स्थापना समितिको ब्यवस्थापनमा हुन लागेको प्रतिमा अनावरण बिशेष कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राईसँगै चर्चित गायक–गायिकाहरुको उपस्थिती तथा सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । बिश्वको इतिहासमै पहिलो पटक निर्माण भएको प्रतिमा अनावरण कार्यक्रममा गायिकाद्वय सरला राई, पार्बती राई, गायक तथा संगीतकार राई नबिन, राजु एन राई, गायिकाहरु मेनुका राई , जानुका राई , गायक तथा संगीतकार पदम थुलुङ राई, रोशन बान्तावा, रामकर राई , सुरज मेवाहाङ राई, इशक राई आदिको प्रस्तुति रहने छन् । साथमा तयामा, खियामा, रैछाकुले सम्बन्धी बिशेष साकेला शिलीको समेत प्रदर्शन हुने बताईएको छ ।
प्रतिमा निर्माण तथा अनावरणका लागि देश बिदेशमा रहेका दाताहरुबाट स्वस्फुर्त रुपमा रकम संकलन भएको ब्यवस्थापन समितिका सह–संयोजक तथा आर्थिक संकलन समितिका संयोजक तेजप्रकाश राई(अधिराज)ले जनाए । ज्ञान राईको संयोजकत्वमा गठित ब्यवस्थापन समितिले देश बिदेशमा रहेका संघसंस्था तथा दाताहरुबाट करिब ६० लाख रुपैंयाँ रकम संकलन गरी प्रतिमा स्थापना तथा अनावरण गर्ने अन्तिम तयारीमा जुटेको राईको भनाई छ ।
दुई बर्ष अघिदेखि थालिएको प्रतिमा स्थापना अभियानलाई सफल बनाउन जिल्ला, देश तथा देश बाहिर रहेका किरात, गैर किरात सम्बन्धित संघसंस्था, समाजसेवी लगायतका ब्यक्ति ब्यक्तित्वको उत्तिकै हात रहेको ब्यवस्थापन पक्षले जनाएको छ । स्वर्गीय अर्जुन खालिङको स्केचमा धनु याख्खाले तयामा–खियामा र रोजन राईले रैछाकुलेको प्रतिमा निर्माण गरेका हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology