कार्तिक÷२३ खोटाङ,
मदन राई को हो ? भनेर मैले खोटाङबासीलाई भन्नु भनेको ईन्द्रको अगाडी स्वर्गको बयान जस्तो लाग्छ मलाई किन कि उनी कृषि क्षेत्रमा जती अब्बल छ् त्यती नै राजनीति र समाजसेवामा पनि अब्बल छन । उनले, यो भन्दा अगाडि पनि खोटाङबाट चुनाबी मैदानमा उत्रिएका छन् भलै, खोटाङगेले उनिलाई नचिने पनि खोटाङको बिकासको लागि अहोरात्र खटिने एक मात्र खोटाङका सुपुत्र उनी हुन भन्दा फरक नपर्ला ।
उनले खोटाङमा यातायात ल्याउनमा होस वा व्यबहारिक शिक्षा बढुवाको लागि होस, या आँखा अस्पताल खोल्नमा होस, कृषिको बिकासको लागि होस वा बिमानस्थल निर्माणमा होस, अथवा धार्मिक स्थल हलेसी प्रबर्धनका लागि होस सम्पूर्ण खोटाङबासिको लागि अन्य जनप्रतिनिधिले भन्दा धेरै योगदान दिएको कुरालाई नकार्न सकिन्न । अब चर्चा गरौ किन उनलाई खोटाङबासिले भोट गर्ने
१, उनी जती अनुभबी अन्य कोही पनि पात्र छैनन् खोटाङका उम्मेद्वारहरुमा । उनले नेपाल सरकारको अधिकृत भएर काम गर्दा यस्तो उदाहरण छोडेका छन जुन मुस्ताङको स्याउ र यसको परिणामले मुस्ताङको मुहार नै फेरिएको छ । अनी उनलाई संयुक्त राष्ट्रसंघले पनि पत्याएर बिभिन्न देशहरुमा कृषिको पदोन्नतिको लागि प्रतिनिधि स्वरुप पठाए ।
उनी, अब्बल दर्जाकै कृषि विज्ञ भएकाले करीब २० बर्ष संयुक्त राष्ट्रसंघमा काम गरे । उनले, विभिन्न देशहरुमा विभिन्न शासकहरुसँग प्रत्यक्ष रुपमा काम गरेका छन् जसले उनलाई नेपालका सम्पुर्ण तह र तप्काका ब्यक्तीसँग काम गर्न सहज हुनेछ । जुन अन्य प्रतिनिधिलाई चुन्नु भनेको प्रधानमन्त्री बनाउन कुनै पार्टीलाई एक सभाषद थपीदिनु मात्रै हो ।
२, उनी एक अवकास प्राप्त ब्यक्ती हुन् र उनका छोराहरु दुई जना आ,आफ्नो उच्च स्थान बनाएर बसिसकेका छन् । यसको मतलब उसले उसको परिवारको लागि अन्य प्रतिनिधिले झै धेरै सोचिरहन पर्दैन । उनले, उनको सन्तानको लागि सम्पत्ती जोडीरहन आवश्यक छैन र उनलाई भोलीको कुनै चिन्ता छैन परिवारको लागि यसको मतलब उनले आफ्नो सम्पूर्ण समय खोटाङबासी जनताको लागि दिन सक्छ । एक प्रतिनिधिले आफ्नो पुरा समय आफ्नो क्षेत्रलाई तन मन लाएर दियो भने त्यो ठाउको मुहार फेर्न धेरै समय लाग्दैन । यसको मतलब मदन राइले जित्यो भने ५ पाँच बर्षमा खोटाङमा धेरै परिवर्तन हुने सम्भावनालाई उनलाई भोट गरेर उजागर गरौ ।
३, खोटाङ जिल्लाको बिकास गर्छु भनेर खोटाङ जिल्लामा ब्यबहारिक बिधालय , कृषि फर्म खोलिसकेका ब्यक्ती हुन मदन राई । यदी कोही ब्यक्ती यो ठाउलाई बिकास गर्छु भनेर लागि पर्छ भने उनको साथ दिनु सम्पूर्ण सचेत नागरिक को कर्तब्य हो, अन्यथा त्यो ब्यक्तिको जोश जागरमा कमी आयो भने त्यस्तो दिलदार अनी जोशिलो मान्छे पाउन सयौ बर्ष कुर्नु पर्ने हुन्छ । तसर्थ, खोटाङ जिल्लाको बिकास गर्छु भन्ने मदन राइलाई अझ उसको जोशजागरलाई थप बल प्रदान गर्नलाई सम्पूर्ण खोटाङ बासिले पार्टी ,धर्म, जाती, क्षेत्र भुलेर केवल खोटाङको बिकासको लागि मदन राईलाई भोट गर्नु नै आखिरी कर्तब्य ठहर्छ ।
अन्त्यमा म यो भन्न चाहन्छु कि एक युगमा एक दिन आउँछ त्यो दिनको सही सदुपयोग भयो भने जिबनमा सदाको लागि सकारात्मक परिवर्तन आउछ । त्यस्तै खोटाङबासिको लागि यो मंसिर १० यस्तो दिन हो त्यो दिन गल्ती भयो भने सदाको लागि खोटाङ हार्नेछ, तसर्थ बिना कुनै सन्देह मदन राइलाई खोटाङको उज्जवल भबिष्यको लागि भोट गर्नु होला । जय खोटाङ
लेखक – खोटाङ जिल्ला निर्मलीडाडाँ लामाखुका रामभक्त राई हुन्
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology