चिसाङ शेर्पा कार्तिक÷२३ खोटाङ,
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवाश्यक साम्रगी विहीवार विहान दिक्तेल आईपुगेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारजस्ता आवाश्यक सामग्री आईपुगेको हो ।
१ लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । १ सय ७९ मतदान केन्द्र रहेको खोटाङमा २८ वटा मतदानस्थललाई सुरक्षाको दृष्टिले अति संवेदनशील घोषणा गरिएको छ ।
निर्वाचनका लागि जिल्लामा एक हजार १४ जना म्यादी प्रहरी, ८ सय २६ नेपाल प्रहरी र १ सय ६१ जना सशस्त्र प्रहरी गरी २ हजार १ जना खटिने छ । अति संवेदनशील मानिएको मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको तीनवटा सुरक्षा घेरा हालिने जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बतानुभयो ।
जिल्लामा निर्वाचनका लागि आवाश्यक सामग्री आएसंगै कात्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी रहेको छ । अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी खत्रीले बताउनुभयो ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि २ जनाको कोटा रहेको खोटाङमा दश राजनैतिक दल चुनावी मैदानमा उत्रेका छन् । यद्यपी जिल्लामा बाम गठबन्धनका उम्मेद्वार विशाल भट्टराई र नेपाली कांग्रेसकी सरस्वती वजिमयविचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology