चिसाङ शेर्पा कार्तिक÷२२ खोटाङ,
निर्वाचन आचार संहिता विपरित चुनावीसभा गर्दा नायक तथा नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशसभाका समानुपातिक उम्मेद्वार नवल खड्काको कार्यक्रम प्रशासनले विचमै वन्द गराएको छ । बाम गठबन्धनसहित नियम विपरीत सभा गर्दा खड्काको कार्यक्रम वन्द गराईएको हो ।
जिल्ला प्रशासन कार्यालयमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्ने भनि कवुल गरेका नायक खड्काले सदरमुकामको त्रिवेणीचोकस्थि होटल आचार्य एण्ड लज अगाडी सडक जाम गराएर ‘भिमदत्त’ नामक चलचित्र देखाएका थिए । साँझ सातवजे देखी देखाएको फिल्म ८ वजे मध्यन्तरपछिको केही समयमा वन्द गराईको हो ।
हामीसमक्ष सांगितिक कार्यक्रम मात्रै गछौ भनेकाले राष्ट्रिय तथा जिल्लाकै कलाकार भएका नाताले कार्यक्रम गर्न दिएका हौ । तर, उहाँहरुले आफुले वोलेको आफैले पालना नगर्दा बाध्य भएर कार्यक्रम वन्द गराईएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । समानुपातिक उम्मेद्वार तथा नायक खड्काले प्रशासनमा सिनेमा देखाउँने कुरा नै नगरेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीका अनुसार कुनै पनि दल तथा उम्मेद्वारले विहान ८ वजेदेखी वेलुका ७ वजेसम्म जुलुस, आमसभा, र्याली, भाषण, सांगितक कार्यक्रम गर्न पाईन्छ । उहाँहरु निर्वाचन आचार संहिताभन्दा वाहिर गएर कार्यक्रम गरेको हो यस्तो गर्न संहिताले दिन्न निर्वाचन अधिकृत खत्रीले भने, आचार संहिता विपरीत कार्यक्रम गर्न कसैलाई अधिकार छैन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology