• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा नयाँ शक्तिले वजार, व्यापरिक केन्द्रहरुमा चुनावी प्रचारप्रसार सामग्री नराख्ने

खोटाङमा नयाँ शक्तिले वजार, व्यापरिक केन्द्रहरुमा चुनावी प्रचारप्रसार सामग्री नराख्ने

शान्त र रचनात्मक तवरमा चुनावी प्रचारप्रसार गर्ने


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक २२ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷२२ खोटाङ,

    नयाँ शक्ति पार्टी नेपाल खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारप्रसारका कुनै पनि सामग्री प्रर्दशन नगर्ने जनाएको छ । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि प्रचारप्रसारका वहनामा पुरानै ढर्रा नअपनाउने नयाँ शक्तिले बताएको छ । झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटजस्ता चुनावी प्रचारका सामाग्री जिल्लामा कही पनि नराख्ने पार्टी अध्यक्ष सुर्य राईले जानकारी दिनुभयो ।

            “अन्य पार्टी सरह शहर कुरुप बनाउन प्रचार नगर्ने नयाँ शक्तिले जनाएको छ ।”

    भोट माग्न जनताका घरघरमा पुगेका छौ, त्यहाँ पनि हामीले प्रचारप्रसारका कुनै सामग्रीहरु राखेका छैनौ पार्टी अध्यक्ष राईले भने, “केन्द्रले नगर्नु त भनेको छैन, तर हामी शान्तमय तथा रचनात्मक तवरमा चुनावी प्रचारप्रसार गछौ ।” राजनीतिको बहानामा सडक जाम गर्ने, घरका भित्ता, खम्वा, सडक, सार्वजनिक स्थल फोहोर गर्ने, शहर कुरुप वनाउने, ¥याली गर्ने, अनावश्यक हो–हल्ला गर्ने काम नयाँ शक्तिले गदैन । “हामी मानवको नैसर्गिक अधिकारको मर्म बुझ्ने कोशिष गछौ ।”

     

    जिल्लामा बाम गठबन्धन, नेपाली काग्रेस, संघिय समाजवादी फोरमले दिक्तेल वजारका पसल, होटल, घर र विजुलीका खम्बा तथा सदरमुकाम वाहिरका मुख्य व्यापरिक केन्द्रमा झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेट राखेर प्रचार गरीरहेको वेला आफुले त्यस्ता कुनै पनि चुनावी प्रचारप्रसारका सामग्री सो नगर्ने र अन्य पार्टी सरह शहर कुरुप बनाउन प्रचार नगर्ने नयाँ शक्तिले जनाएको छ ।

     

    जिल्लावाट नयाँ शक्ति पार्टीवाट प्रतिनिधिसभा उम्मेद्वारका लागि कृषि विज्ञ मदन राई उठेका छन् । उनलाई जिताउन प्रदेशसभाका क र ख का उम्मेद्वारहरुले स्वेच्छिक मनोनय फिर्ता गरेका थिए । नेपाली काग्रेस र बाम गठबन्धनसंग प्रर्तिसपर्धा गर्न नयाँ शक्ति व्यापक चुनावी प्रचारमा खटेका छन् । कांग्रेसवाट प्रतिनिनिसभाका लागि पुर्व सभाषद सरस्वती वजिमय, प्रदेशसभा (क) सुवासकुमार पोखरेल प्रदेशसभा (ख) विष्णु कुमार राई उम्मेद्वार छन् । बाम गठबन्धनवाट केन्द्रका लागि एमालेका पुर्व सभाषद विशाल भट्टराई प्रदेससभा (क) एमालेका राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राम कुमार राई (पासाङ) चुनावी मैदानमा रहेका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology