• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चुनावी कसरतमा नयाँ शक्ति, यस्तो छ चुनावी रणनीति

चुनावी कसरतमा नयाँ शक्ति, यस्तो छ चुनावी रणनीति

नेता तथा कार्यकर्ता गाउ–गाउमा चुनावी प्रचारमा व्यास्त


चिसाङ शेर्पा
  • सोमबार, कार्तिक २० २०७४

  • कृषिविज्ञ मदन राई ।

     

    चिसाङ शेर्पा कार्तिक÷२० खोटाङ,

    नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाइ जिताउँन पार्टीका नेता तथा कार्यकर्ताहरु व्यापक चुनावी कसरतमा जुटेका छन् । आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधि र प्रदेससभा चुनावमा कृषि वैज्ञानिक राईलाई विजयी गराउन नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरु गाउ–गाउमा चुनावी प्रचारप्रसारमा खटेका हुन् । विभिन्न स्थानका लागि टोली खटाई पार्टीका सवै तहका नेता, कार्यकर्ता चुनावी सभा तथा भेटघाटमा व्यास्त बनेका छन् ।

     

    कार्तिक ५ गते रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलस्थित आचार्य टोलवाट चुनावी अभियान शुरु गरेका प्रतिनिधिसभाका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईले नगरपालिकाभित्रको पाथेका, जालपा, खार्मीवाहेक १२ वडाहरुमा चुनावीसभा सकेर सोमवार दिप्रुङ गाउँपालिकाको पञ्चमीवजारमा चुनावीसभा गर्न पुगेका छन् ।

    “जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनसंग प्रर्तिस्पर्धा गर्नका लागि नयाँ शक्ति पार्टी चुनावी कसरतमा जुटिरहेको आँकलन गर्न सकिन्छ ।”

    जिल्लामा कार्यकर्ताको हिसावमा कम कार्यकर्ता भएको पार्टीमा गणना हुने नयाँ शक्तिले, हलेसी तुवाचुङ नगरपालिका भित्रका अर्खौले, सल्ले, मंगलटार, दुर्छिम, हलेसी, साकेला गाउँपालिकाको वाझेच्यानडाँडा, रतन्छा, मात्तिम, मानेभञ्ज्याङ, खिदिमा र दिप्रुङ गाउँपालिकाको धिप्लुङ, छितापोखरी, टेम्मा, याम्खा, डाडागाउ र छोरम्बुमा बृहत चुनावी सभा गरेको हो ।

     

    प्रदेशसभा क र ख का मनोनयन दर्तागरी तीन दिनपछि उम्मेद्वारी ब्याक गरेका प्रदेशसभा (क) मोहन गुरुङ र (ख) का मणि राई मदन जिताउ दाउमा गाउ–गाउमा खटेका छन् । गुरुङ नगरपालिकाको खार्मी, जालपा र पाथेकामा खटेका छन् । पार्टी अध्यक्ष सुर्य राई, मोहन राई, पेशल कार्की लगायतका टोली वाक्सिला, सप्तेश्वरमा खटिरहेका छन् । मणि राई भने मदनसंगै चुनावी सभाका खटेका छन् ।

     

    गिता श्रेष्ठ, किशोर राईका टोली ऐसेलुखर्क गाउँपालिकामा तथा खोटेहाङ गाउपालिकामा जित कुमार राईका टिम व्यापक चुनावी कसरतमा खटेको नयाँ शक्ति नेपाल खोटाङका नेता रोशन राईले बताए । जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनसंग प्रर्तिस्पर्धा गर्नका लागि नयाँ शक्ति पार्टी चुनावी कसरतमा जुटिरहेको आँकलन गर्न सकिन्छ । जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धन पनि चुनावी कसरतमा खटिरहेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology