चिसाङ शेर्पा कार्तिक÷२० खोटाङ,
नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुई दिन लगाएर दिक्तेलमा प्रचारप्रसार कार्यक्रम सकेकोे छ । आईतवार थालेको प्रचार अभियान सोमवार सदरमुकाम दिक्तेलको त्रिवेणीचोक हुदैं रत्नपार्कसम्म घर, होटल तथा पसलहरुमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार सकेकोे हो ।
‘कांग्रेसले आइतवार भवनगैरावाट हाटडाडाँसम्म प्रचारप्रसारका सामग्री राखेका थिए । त्यसलाई आज पुरा गरेका हौ ।’ नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द जोशीले भने, “चाँडै अन्य व्यापरिक केन्द्रहरुमा चुनावी प्रचारका सामग्रीहरु राख्नेछौ । प्रचारसंगै चुनावका लागि एक ढिक्का भएर खट्ने छौ ।”
प्रतिनिधिसभाका उम्मेद्वार नेतृ सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई गाउ–गाउमा चुनावी घरदैलो अभियान चलाईरहंदा जिल्लामा कांग्रेसका अन्य कार्यकर्ताहरुले भवनगैरा हाँटडाडाँ र त्रिवेणीचोक–रत्नपार्कसम्मको प्रचारप्रसार सम्पन्न गरेको हो । जिल्लामा नोपली कांग्रेस र बाम गठबन्धविच कडा प्रर्तिस्पर्धा हुने अनुमान छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology