• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दलहरु चुनावीसभामै व्यास्त, तातियो गाउँवस्ती

दलहरु चुनावीसभामै व्यास्त, तातियो गाउँवस्ती

गाउमा चुनावी सरगर्मी


चिसाङ शेर्पा
  • आइतबार, कार्तिक १९ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक ÷१९ खोटाङ,

    खोटाङका अधिकांश दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सम्वन्धी गतिविधिमा व्यस्त छन् । आगामी मंसिर १० गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस, एमाले–माओबादी केन्द्र गठबन्धन, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा उम्मेद्वार चुनाव प्रचार–प्रसारमा होमिएका हुन् ।

     

    बाम गठबन्धनले आईतबार डुम्रेधारापानी र बतासेमा चुनावीसभा गरेको छ । डुम्रेधारापानीमा भएको चुनावीसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई, प्रदेशसभा (क) बाट उम्मेद्वार बनेका राजन राई, एमालेका समानुपातिक उम्मेद्वार खगेन्द्र राई, पुर्वसभाषद पिके राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, एमाले नेता कर्ण घले, हरिकुमार पोखरेल, देवबिक्रम राई लगायतले सम्बोधन गरेका छन् । यस्तै, वाम गठबन्धनका प्रदेशसभा (ख) बाट उम्मेद्वार बनेका माओबादीका रामकुमार राईको संयुक्त चुनावी बतासे पुगेको छ । बतासेमा पुर्वसभाषद उषाकला राई, एमाले उपाध्यक्ष रामप्रसाद दंगाल, माओबादी केन्द्रका कोषाध्यक्ष दिपक पाण्डे, नेता इन्द्र दंगाल, पुष्पशंकर बिश्वकर्मा, युवा संघका प्रभातबिक्रम कट्वाल लगायतले सम्बोधन गरेका छन् ।

     

    वाम गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । सप्तमनी राई संयोजक र मनिन्द्र राई सचिव रहेको निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । कार्यक्रमलाई एमाले उपसचिव कुमार आचार्य, माओबादी केन्द्रका सचिवालय सदस्य होमकाजी आचार्य, सुमन श्रेष्ठ लगायतले सम्बोधन गरेका छन् । बाम गठबन्धनले सोमबार छोरम्बु र हलेसीमा चुनावी कार्यक्रम गर्ने जनाएको छ ।

     

    कांग्रेसले पनि चुनावी अभियानलाई बाक्लो बनाएको छ । प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई चुनावी घरदैलो अभियानमा व्यास्त बनेका छन् । आईतबार कुभिन्डे र हौंचुरमा आयोजित चुनावीसभालाई प्रदेशसभा (क) का उम्मेद्वार पोखरेल, कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, दिनेश राई लगायतले सम्बोधन गरेका छन् । यस्तै, बोपुङमा भएको चुनावी कार्यक्रमलाई प्रदेशसभाकी उम्मेद्वार बजिमय, प्रदेशसभा (ख) का उम्मेद्वार राई, पुर्व बनराज्य मन्त्री शिवकुमार बस्नेत, तिर्थ भट्टराई, महेन्द्र कट्वाल लगायतले सम्बोधन गरे । यस्तै, महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वमा पनि छुट्टै चुनावी कार्यक्रम सञ्चालन भइरहेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology