चिसाङ शेर्पा कार्तिक÷१९ खोटाङ,
नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दिक्तेलमा प्रचारप्रसार शुरु गरेको छ । आइतवार भवनगैरावाट खटेका कांग्रेसका नेता, कार्यकर्ताहरुले सदरमुकामभित्र रहेका घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार गरेको हो ।
प्रतिनिधिसभाका उम्मेद्वार नेतृ सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई गाउ–गाउमा चुनावी घरदैलो अभियान चलाईरहंदा जिल्लामा कांग्रेसका अन्य कार्यकर्ताहरुले भवनगैरादेखी हाँटडाडाँसम्म प्रचारप्रसार गरेकोे हो ।
नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द जोशीका अनुसार सोमवार त्रिवेणीचोक–रत्नपार्कसम्म प्रचारप्रसार गर्ने जनाइएको छ । शनिवार वाम गठबन्धनले दिक्तेलमा प्रचारप्रसार गरेको थियो ।
उता, केपिलासगढी गाउँपालिका वाक्सिला ४ स्थित पृथ्वी उच्च माविमा कांग्रेस निकट नेपाल विधार्थी संघको समिति गठन भएको छ । सुजन अधिकारी खत्रीको अध्यक्षतामा २३ सदस्य समिति गठन भएको हो । उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव सोनिया तामाङ, सह,सचिव चन्दा राई र कोषाध्यक्षमा समिता राई रहनुभएको छ ।
विधार्थी नेता राजन भट्टराईको प्रमुख आतिथ्यमा गठित समितिले चुनाव प्रचारप्रसारमा सघाउने नेता भट्टराईले बताए । उनले भने,“बाम गठबन्धन चिर्नका लागि समिति गठन गरिएको हो ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology