• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लुङ्दार जलाईएपछि बौद्धमार्गीद्धारा घोर आपत्ती, अमानविय कार्यको संज्ञा

लुङ्दार जलाईएपछि बौद्धमार्गीद्धारा घोर आपत्ती, अमानविय कार्यको संज्ञा

धर्म र सदभावमा खलल ल्याउने प्रयास


चिसाङ शेर्पा
  • शनिबार, कार्तिक १८ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक÷१८ खोटाङ,

    हलेसीमा सरसफाईका क्रममा लुङ्दार जलाईएपछि बौद्धमार्गीहरुले त्यसप्रति घोर आपत्ति जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका ७ स्थित महतवनमा बौद्धमार्गीहरुले टांगेका लुङ्दार सरसफाई गर्ने वहानामा जलाईएपछि त्यसलाई बौद्धमार्गीहरुले अमानविय कार्यको संज्ञा दिदै, धर्म र सदभावजस्ता कुरामा खलल ल्याउने काम गरेको भनेका छन् ।

    “पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।”

    मारतिका क्षिमेद गाग्तेन क्षोलिङ गुम्बा हलेसीका प्रमुख कर्मा वाङ्चुक शेर्पाले वौद्ध धर्मको विधिपूर्वक राखिएको ध्वजापतकाहरुलाई नजलाउन पुर्व जानकारी गरिए पनि अन्य हलेसीबासीहरुले वेवास्ता गर्दै जलाईएको आरोप लगाएका छन् । प्रमुख शेर्पाका अनुसार,  “कार्तिक १३ गते बसेको सर्वदलिय वैठकमा पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” उहाँले, “हलेसीमा बौद्धमार्गीहरुलाई उपेक्षीत गर्न थालिएको छ, यस्ता कार्यहरु दोहोरिए सहेर बस्न नसक्ने र बद्लामा कडा रुपमा सामाना गर्ने बताएका छन् ।”

     

    उता पर्यावरणीय हिसावले अव्यवस्थीत रुपमा टांगिएका ध्वजापतकाहरुमात्र नष्ट गरिएको हलेसी तुवाचुङ नगरपालिका ७ का अध्यक्ष चइन्द्र राईले बताएका छन् । गुर्दुम मन्दिर आवतजावत साथै सुरक्षाका दृष्टिकोणले समेत लुङदार बाधक बनेकाले नष्ट गरिएको अध्यक्ष राईको भनाई छ । ताकि राई आफैले वैठक निर्णय पास गरेका थिए ।

     

    “हलेसीलाई सफा, स्वच्छ, हराभरा र सुन्दर बनाउनका लागि मात्र प्लाष्टिक,सिशा तथा लुङ्दार व्यवस्थीत गरिएकोे बताएको राईको भनाई छ । गल्ती भुल सुधार गर्दै अध्यक्ष राईले हलेसीबासीहरुमा क्षमा माग्दै, लुङ्दार टांग्न पक्की पोल राख्ने स्टीमेट समेत भईसकेको जनाएका छन् ।”
    हलेसीमा अन्य फोहर फाल्ने डम्पीङ साईडहरुको अवलोकन भईरहेको छ । धार्मिक तथा पर्यटकीय स्थल हलेसी फोहोर बन्दै गएको बखत नगर तथा वडाको निर्देशनमा हलेसी र महादेवस्थान टोल विकास संस्थाको संयुक्त पहलमा सरसफाईको आयोजना गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology