चिसाङ शेर्पा कार्तिक÷१७ खोटाङ,
नयाँ शतिm नेपाल खोटाङका प्रदेशसभाका उम्मेद्वारद्धय मोहन गुरुङ र मणि राईले कृषि वैज्ञानिक मदन राईलाई प्रतिनिधिसभा सदस्यमा जिताउँन आफुहरुले मनोनयन व्याक गरेको बताएका छन् । प्रदेश नम्बर १ वाट उठेका मोहन गुरुङ र २ नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार मणि राईले नयाँ शक्ति नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार राईलाई जिताउँन पार्टीको दवाव नभई विना संकोच उम्मेद्वारी फिर्ता लिएको बताएका छन् ।
खोटाङको ७९ वडामा अन्न र विचारका विउँ वाडेका कृषी वैज्ञानिक राईलाई जिताउँन नयाँ शक्ति पार्टी गृहकार्यमा मजबुत बनिरहंदा दुई नेताले मनोनयन फिर्ता गरेका हुन् । नयाँ शक्ति पार्टी खोटाङका अध्यक्ष सुर्य राईले भने, व्याक हुंदा जनसभा र प्रचारप्रसार तथा चुनावी सरगर्मी वढेकोे छ ।
‘मैले वा मेरो पार्टी र जातीले जित्नुपर्छ भन्ने मान्यतावाट उठेर मनोनयन ब्याक गरेका हौ । एक नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार गुरुङले भने, अहिले देशका ५० लाख विधार्थीहरु विदेशिएका छन् । देशमा भएका सिमित युवाशक्तिलाई देशमै उद्यमशिलतातर्फ उन्मुख गराउँनका लागि मनोनयन फिर्ता गराई मदन राई जिताऔंमा लागेका हौ ।’
‘समृद्धि र शु–शासनका पक्षधर नयाँ शक्ति नेपालका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईलाई जिताउँन मनोनयनलाई तिलाञ्जली दिईएको २ नम्बर प्रदेससभमा उठेका नेता मणि राईले सुनाए । उनले भने, हामी सहयोगको सदासयता र वर्ग समन्वयको राजनीति गर्न चाहान्छौ ।
गत कार्तिक ५ गते मनोनयन दर्ता गरेका प्रदेशसभाका उम्मेद्वारद्धयले ३ दिनपछि मनोनयन व्याक गरेका थिए । राई र गुरुङ आफ्नो भोट प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाई दिन आग्रह गर्दै जनसभा, जनसम्पर्कमा एक ढिक्का भई लागि परेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology