• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा जलाइयो पुराना मतपत्र

खोटाङमा जलाइयो पुराना मतपत्र

नयाँ मतपत्र राख्ने ठाउँ बनाइदै


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक १६ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷१६ खोटाङ,

    खोटाङमा स्थानीय तहको निर्वाचनमा उपयोग भएका मतपत्र जलाइएको छ । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनकाक्रममा उपयोग गरिएका १ लाख २५ हजार मतपत्र, मुचुल्का लगायतका सामग्री नष्ट गरिएको हो । दिक्तेलस्थित पुर्वाञ्चल सिँचाई सव–डिभिजन कार्यालयको स्टोरमा राखिएको मतपत्र बिहिबार नष्ट गरिएको हो ।

     

    मत परिणाम सार्वजनिक भएको तीन महिनासम्म उजुरी नपरे नष्ट गर्न सकिने मतपत्र लगायतका सामग्री आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको तयारीका लागि जलाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । ६४ प्रकारका निर्वाचन सामग्री मध्ये काम नलाग्ने २०÷३० प्रकारका सामग्री नष्ट गरिएको छ ।

     

    मत परिणाम सार्वजनिक भएको तीन महिनासम्म कसैको उजुरी नपरे मतपत्र जलाउन सकिन्छ,’ खत्रीले भने, ‘आसन्न निर्वाचनका लागि प्रयोग हुने सामग्री राख्ने ठाउँ खाली गर्नका लागि पनि प्रयोग भइसकेका सामग्री जलाइएको हो ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology