चिसाङ शेर्पा कार्तिक÷१५ खोटाङ,
खोटाङमा बलेरो जिप दुर्घट्ना हुंदा ८ जना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका – ११ राजापानीवाट महुरे आउँने क्रममा रुपाकोट मझुवागढी नगरपालिका विजयखर्क १५ को साविक वडा १ स्थित महुरे–फोक्सिङटार सडकको साँगुरे भञ्ज्याङमा बुधवार विहान साढे ९ वजे वा. १२ च ५०८५ नम्बरको वलेरो जीप दुर्घट्ना भएको हो ।
दुर्घट्नामा ३ जना यात्रुलाई टाउँको, नाक र हातमा ठुलो चोट लागेको छ । सहचालक सुवाश राईले जीप चलाउँदा साँघुरो घुम्ती सडकमा गाडी अनियन्त्रित भई दुर्घट्ना भएको वुईपा प्रहरी चौकीका असई पदम वहादुर वस्नेतले जानकारी दिनुभयो । गाडी सडकवाट अन्दाजी ५० मिटर तल खसेको छ ।
घाईते हुनेहरुमा हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका २३ वर्षीय शिखर घिमिरे, ३३ वर्षीय कुमार कार्की र ४० वर्षीय गोपाल कार्की रहेका छन् । शिखरको टाउको, कुमारको हात र गोपालको नाकमा ठूलो चोट लागेको छ । अन्य घाईते हुनेमा ५५ वर्षीय चक्रबहादुर सुयल, २८ वर्षीय राजन खत्री, ६३ वर्षीय टंक दाहाल, ४१ वर्षीय निरबहादुर खत्री, ५० वर्षीय होमनाथ कार्की रहेका छन् । घाईतेहरुको वुईपास्थित सनराईज हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ ।
चालकलाई समेत थाहा नदिइ बुलेरो चलाएर दुर्घटना गराउने सहचालक राईको सवारी चालक अनुमतीपत्र नरहेको पाइएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको जनाइएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology