चिसाङ शेर्पा कार्तिक÷१४ खोटाङ,
हरिवोधनी एकादशीको अवसरमा खोटाङको पर्यटकीयस्थल बराहपोखरीमा बिशाल मेला लागेको छ । बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट आएका दर्शनार्थीको बाक्लो घुँईचो लागेको हो । बराहपोखरीमा बिशेषगरी हरिवोधनी एकादशीको दिन र त्यसको अघिल्लो रात ठूलो मेला लाग्ने गरेको बराहापोखरी गाउँपालिकाका प्रमुख शालिकराम बन्जराले जानकारी दिए ।
३ सय ३० मिटर लम्वाई र २ सय १० मिटर चौडाई भएको पोखरीको पानीले स्नान गर्दा रोग व्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता अनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीहरुको भिड लाग्ने गर्दछ । बराहपोखरीमा लागेको मेलामा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आएका थिए,भने दर्शनार्थीले हजारौं जोडी परेवा उडाएका छन् । प्रत्येक हरिबोधनी एकादशीका दिन मेला लाग्ने पोखरीको पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरी आफ्नो पितृको संझनामा भजन कृर्तन र रुद्रीपाठ गरिन्छ ।
खोटाङ बाहेक उदयपुर र भोजपुरबाट दर्शनार्थी आउँने मेला अवधिभर बालन र संगिनी नाच्ने प्रचलन छ । बराहपोखरी गाबिसमा रहेको बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तीका दिन सतबीज छर्ने चलन छ ।
यसैबीच, हरिबोधनी एकादशीको अवशरमा पुर्वको पशुपति मानिने हलेसी र मभुवागढीमा पनि भक्तालुजनहरुको वाक्लो घुईचो लागेको छ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology