• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ कांग्रेसले गरे बराहापोखरी र मंगलटारमा जनसभा

खोटाङ कांग्रेसले गरे बराहापोखरी र मंगलटारमा जनसभा

वामपन्थीहरु अत्तिसकेको आरोप


चिसाङ शेर्पा
  • सोमबार, कार्तिक १३ २०७४

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा कार्तिक÷१३ खोटाङ,

    आगामी मंसिर १० गते हुने प्रतिनिधिर र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काग्रेस खोटाङले बराहापोखरी र मंगलटारमा विशालजनसभा गरेको छ । कांग्रेसले चुनावी अभियानको लागि तय गरेअनरुपको कार्यक्रमअनुसार सोमवार विशाल जनसभा गरेको हो ।

     

    बराहापोखरी गाउपालिकाको बराहापोखरीमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वार सरस्वति वजिमयले २०४८ सालदेखि खोटाङमा कम्यूनिष्टहरुले जितेको भएपनि खोटाङ्गे जनताका लागि केहि दिन नसकेको बताउँनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै वजिमयले अव,खोटाङको समृद्धिका लागि आर्थिक विकासका लागि कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताउँनुभयो ।

     

    २०६४ सालमा माओवादीले र २०७० सालमा एमालेले दुवै क्षेत्रमा विजयी प्राप्त गरेको स्मरण गराउँदै उनिहरुले विजयीपछि कार्यकर्तालाई भरणपोषण र कमिशनको खेल मात्र गरेको अन्यविकास निर्माणको काम नगरेको आरोप लगाउँनुभयो । उहाँले नामै उल्लेख गरेर क्षेत्र नम्बर २ वाट विजयी भएका विशाल भट्टराईले संसदिय विकास कोषको रकमले विकास गर्नुभन्दा पनि आफ्नो गोजि भर्ने तर्फ उन्मुख भएको बताउँनुभयो । वजिमयले वामएकताको हल्ला स्यालको हुँईयामात्र भएकोले चुनाव कांग्रेसले जित्ने विश्वास व्यक्तगर्नुभयो ।

     

    यस्तै,खोटाङ प्रदेश ख का प्रत्यक्षतर्फका उम्मेद्वार विष्णुकुमार राईले खोटाङका जनताले माओवादी र एमालेलाई हेरीसकेका कारण यस पटक जनताले कांग्रेसलाई भारी मतदानगरि विजयी गराउँने अवशर आएको बताउँनुभयो । उहाँले चुनाव कांग्रेसको पक्षमा रहेकोले वामपन्थीहरु अत्तिसकेको आरोप लगाउँनुभयो । राईले आफ्नो मन्तव्यको क्रममा खोटाङको भौतिकपूर्वाधार, सडक बिद्युतिकरण सञ्चार, स्वास्थ्य र शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउँनका लागि पनि कांग्रेसलाई जिताउँनुपर्ने आवश्यक रहेको बताउँनुभयो ।

     

    जिल्लाको कृषिपर्यटन र उद्योगमा वैज्ञानिक एवंम व्यवसायिक परिवर्तन गर्न, कला संस्कृति, संगित र सहित्यक क्षेत्र संचारलाई नमूनाको रुपमा सम्वर्धन प्रवर्धन गर्न, कृषकहरुका लागि सुलभ ऋणको व्यवस्थागर्न, यूवाशक्तिलाई व्यवसायिक बनाउँन, जेष्ठ नागरिक, शिशु एवं अपाङगता भएका व्यक्तिलाई सुबिधा दिलाउँन, बिद्यमान सिंचाईको सुबिधा हरेक नगरपालिका र गाँउपालिकामा विस्तार गर्नको लागि कांग्रेसले मात्र सक्ने भएकोले यसपटकको जनताको मतदान कांग्रेसको पक्षमा हुने बताउँनुभयो । राईले सावाखोलापारीका जनता अझै पनि विद्युत, संचार, र सडकको पहुचमा पुगि नसकोले ६ महिनाभित्र सवै वडाहरुमा विधुतिकरण, सडक निर्माण तथा मर्मत, संचारको व्यवस्थापन गरिने बताउँनुभयो ।

     

    कार्यक्रममा पूर्व वन राज्यमन्त्री शिवकुमार वस्नेतले खोटाङगे जनताले आफुलाई २०५६ सालमा जिताएको भएपनि माओवादीको सशस्त्र जनयुद्धले विकासका गतिविधि गर्न नदिएको बताउँनुभयो । उहाँले माओवादीको सशत्र द्धन्दका कारण ज्यान जोगाउँननै मुस्कील भएको संम्झदै त्यो विचमा पनि जिल्लाका विभिन्न क्षेत्रमा विकास निर्माणको काम गरेको उल्लेख गर्नुभयो । उहाँका अन्ुसार यस पटक जनलहर कांग्रेसको पक्षमा रहेको र चुनाव कांग्रेसले जित्ने पक्काभएको दाविगर्नुभयो ।

     

    यस्तै, नेपाली कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा २०७० सालमा कांग्रेसको आन्तरिक समस्याका कारणले गर्दा मात्र एमाले विजयी भएको बताउँनुभयो । उहाँले अव कांग्रेसमा समस्या नरहेको र कांग्रेस एक ढिक्का भएकोले कांग्रेसको तागतलाई कम्न्यूनिष्टहरुले कुनै पनि हालतमा छेक्ननसक्ने बताउँनुभयो । उहाँले खोटाङ लोकतान्त्रिक पार्टीहरुको गढ बन्ने र त्यो दिन तत्काल आउँने पनि बताउँनुभयो ।

    मंगलटारमा पनि विशालसभा

    जिल्लाको पश्चिमी क्षेत्र मंगलटारमा पनि कांग्रेसको विशाल जनसभा भएको छ । कांग्रेस यूवा नेता तथा प्रदेश‘क’का प्रत्यक्ष उम्मेद्वार शुवासकुमार पोखरेलको उपस्थितिमा भव्य सभा भएको जनाईएको छ । कार्यक्रमलाई संवोधन गर्दै पोखरेलले प्रदेश ‘क’मा कांग्रेसले विजयी प्राप्त गरिसकेको बताउँनुभयो । पोखरेलले खोटाङको विकास गर्न अव जनताले कांग्रेसलाई रुचाएको बताउँनुभयो । माहोल कांग्रेसको पक्षमा रहेकोले जित निश्चित भएको उहाँको भनाई छ । उहाँले कम्यूनिष्टहरुको समान्ती संस्कार अव, कांग्रेसले अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology