चिसाङ शेर्पा कार्तिक÷९ खोटाङ,
हलेसी तुवाचुङ नगरपालिका वडहरे–४ का विश्वास दाहाल काठमाण्डौ पशुपती कलेजमा व्यवस्थापन संकाय प्रविणता प्रमाणपत्र तह उतिर्ण गरी विविएस पहिलो वर्षको अध्ययनलाई थाँती राखेर म्यादी प्रहरीमा उतिर्ण हुन विहिवार अन्तरवार्ता दिएका छन् । २३ वर्षिय दाहाल वावा आमाले नजानु भन्दाभन्दै दिक्तेल म्यादी प्रहरी भिड्नका लागि आएका हुन् ।
देशको सुरक्षा गर्ने सोच बनाएका दाहाल म्यादी प्रहरीमा आफ्नो नाम नआए निराश हुने बताए । नाम आएमा ४५ दिनमा कमाएको पैसाले खेती किसान गर्ने वुवा आमालाई केही सुख दिने संकल्प गरे ।

सोही, नगरपालिका महादेवस्थान–७ का राहेल राईको म्यादी मात्रै नभई जिवनभर नेपाल प्रहरीमा रहेर राज्यको सेवा गर्ने अठोट छ । दिक्क्तेल वहुमुखी क्याम्पसवाट प्रविणता प्रमाणपत्र उतिर्ण गरेकी राईको मुख्य सपना प्रहरी वन्नु हो । उनलाई नेपाल प्रहरी मनपर्ने पेशा रहेको वताईन् । उनी भन्छिन ‘प्रहरी भएर जागिर नखाए पनि म्यादीवाट केही अनुभव वटुल्न चाहान्छु ।’
वाहुनीडाडाँ– १ का सन्दिप राई एसएलसी पास गरी गतवर्ष काठमाण्डौ कोरियन भाषा परिक्षा पढ्न गए । भाषा परिक्षा अनुतिर्ण भएपछि गाउँमै वसेका उनी वर्षले १९ पुग्दै छन् । उनी म्यादीमा करले भन्दा नि रहरले आएका हुन् । अन्तरवार्ता तथा लिखित परिक्षामा राम्रो फेस गरेका उनी नाम निस्कनेमा ढुुक्क छन् । नाम ननिस्के पुनः कोरियन भाषा पढ्न जान्छु । उनले भने, ‘म्यादी वन्न रहर भएकाले प्रर्तिस्पर्धामा आएको छु ।’

रुपाकोट मझुवागढी नगरपालिका जालपा–१२ सर्सकाका २२ वर्षिय रुष्मा राई सरस्वती उच्च माविमा कक्षा ११ को अध्ययन छोडेर म्यादी प्रहरी हुने शोखमा दिक्तेलमा वसेर शाररिक तन्दुरुस्ती उतिर्ण पश्चात जिल्ला प्रहरी कार्यालयको पुरानो क्याम्प हाटडाडाँमा अन्तरवार्ता दिएकी छन् । तातो घाममा लाईन वसेर अन्तरवार्ता दिएका उनी आफ्नो नाम निस्कीए खुशी हुने बताए । उनले भने ‘नाम निस्किए कमाएको पैसा पढाईमा लगानी गर्ने थिए ।’
नगरपालिकाकै खार्मी–११ साबु्र पुछार वस्तीका विभासरी राई प्लस टु अध्ययन सकेर वन रक्षक पढ्दा–पढ्दै म्यादी प्रहरी वन्न दिक्क्तेल आएका हुन् । घरकी काईली छोरी राई वर्षले २२ वर्षका हुन् । म्यादी प्रहरीमा जागिर खान पाए त्यो पैसाले वन रक्षक पढाईलाई थप मजवुत बनाउँने बताईन् । ‘वुवा–ममीकोे पनि पैसा कहाँवाट आउँछ र ? यहि जागिर खान पाए त केही दुख टर्ने थियो ।’
आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षा र सहयोगका लागी खोटाङमा ९ सय ८२ जना म्यादी प्रहरीको माग हुंदा २ हजार २१ जनाको आवेदन परेको थियो । आवेदनमा १५ सय ७९ पुरुष तथा ४ सय ४२ महिलाको आवेदन परेको छ । भुपु सुरक्षाकर्मी ७, पुर्व म्यादी प्रहरीको ३ सय ८६ समेतले आवेदन दिएका थिए ।

व्यारिङ चेकवाट ६२ जना वाहिरिएसंगै ३ सय २५ अनुपस्थित तथा शाररिक तन्दुरुस्तीमा १ सय १९ अनुतिर्ण भएको प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए । थापाका अनुसार १५ सय १५ जनाको विहिवार अन्तरवार्ता सकिएको छ । शुक्रवार १२ वजेभित्र नतिजा प्रकाशन गर्ने तयारी छ । नतिजा जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा टाँस गरिने छ ।
माग संख्या उतिर्णसंगै म्यादी प्रहरीलाई आईतवारदेखी १२ दिन सामान्य ट्रेनिङ प्रदान गरिने छ । कार्तिक २५ वाट म्यादी प्रहरीलाई सम्बन्धीत स्थलमा खटाईने डिएसपी थापाले बताए ।


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology