चिसाङ शेर्पा कार्तिक÷९ खोटाङ,
नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधवार सदरमुकाम दिक्तेलस्थित हलेसी एफएमको कार्यालयमा वसेको युनियनको वैठकले आगामी मंसिर १० गते ३२ जिल्ला अन्तरगत खोटाङमा हुने आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको रिपोर्टिङ निष्पक्ष गर्ने बताएको छ ।
युनियनका अध्यक्ष दिलिप खत्रीको अध्यक्षतामा वसेको वैठकले स्थानिय चुनावमा भौगोलिक विकटता, सञ्चारका साधन टेलिफोनको असुविधाले भोग्नुपरेको समस्यालाई समिक्षा गर्दै यसपटकको चुनावमा निर्वाचन कार्यालयका कर्मचारी, मतदान केन्द्र प्रमुख तथा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीको सहायतावाट पलपलमा सत्यतथ्य सुचना प्रवाह गर्ने निर्णय गरेको छ ।
‘प्रेस स्वतन्त्रता सेनानी’ तथा खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले युनियनका पदाधिकारी तथा युनियन आवद्ध सदस्यहरुलाई कुनै राजनीतिक पार्टी, राजनीतिक व्यक्तिप्रति आग्रह तथा पुर्वाग्रह रहेर चुनावी गतिविधि सम्प्रेषण नगर्न समेत भनेको छ ।
खोटाङसहित ३२ जिल्लामा मंसिर १० गते निर्वाचन समापन भए पनि भोट मंसिर २१ गतेको दोस्रो चरणको चुनाव सकिएपछि मात्रै भोटिङ गणना हुने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology